देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

८ सय ५५ ग्राम सुनसहित एकजना भारतीय नागरिक पक्राउ

देशान्तर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ८ सय ५५ ग्राम सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफर रहेका छन् । उनी फ्लाई दुबईको विमानबाट सोमबार राती काठमाडौं ओर्लिएका थिए ।

आगमन टनेल गेटमा जाँच गर्नेक्रममा गफरसँग अर्ध ठोस बनाएर ल्याइएको उक्त सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय प्रहरीले जनाएको छ ।