देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवाले बोलाए पदाधिकारी बैठक

देशान्तर

काठमाडौँ । भोलि बिहानबाट सुरु हुने महासमिति बैठकमा पेश गर्ने प्रतिवेदनहरूबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।


देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो । महामन्त्री गगन थापाले महासमितिमा पेस गर्न तयार पारेको प्रस्ताव सच्याउन निर्देशन दिएका देउवाले त्यसबारे छलफल गर्न पनि बैठक बोलाएका हुन् । महामन्त्री थापाको प्रतिवेदनमा आगामी दिनमा चुनावी गठबन्धन गर्न नहुने विषय रहेकाले उक्त विषयबारे अहिले नै निर्णय गर्न नहुनेमा सभापतिको जोड छ ।


महासमिति बैठक उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा पनि सभापति देउवाले गठबन्धन गर्ने नगर्ने विषय अहिले नै निर्णय गर्न उपयुक्त नहुने भनाई राखेका थिए । यो विषयमा आइतबार र सोमबार बिहान पनि नेताहरूबिच छलफल भएको थियो ।