देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नामिबियामाथि नेदरल्याण्डस ७ विकेटले विजयी

देशान्तर

काठमाडौँ। नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको छ ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।

नामिबियाले दिएको १२४ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले २७.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ३५.१ ओभरमा अल आउट हुदै १२३ रन मात्र बनाएको थियो ।

नामिबियाको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा नेदरल्याण्डसका बलर आर्यन दत्तले सर्बाधिक ६ विकेट लिएका थिए । आर्यनले ९ ओभरमा ३४ रन दिएर ६ विकेट लिएका थिए । यो जितसँगै नेदरल्याण्डसले लिग-२ मा २ अंक हासिल गरेको छ । लिग-२ का २-२ खेल सकिदा नेपाल, नामिबिया र नेदरल्याण्डसको २-२ अंक भएको छ र रनरेटको आधारमा नेपाल शिर्ष स्थानमा रहेको छ ।