देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कँडेलमाथि यौन दुव्र्यवहारको गम्भीर आरोप

देशान्तर


काठमाडौं । ‘इन्द्रेणी’ कार्यक्रमका सञ्चालक कृष्ण कँडेल विवादमा तानिएका छन् । उनकै समूहका केही पुरुष सदस्यहरूले कँडेलले आफूहरूमाथि अन्याय गरेकोे आरोप लगाइरहँदा केही महिला सदस्यहरूले त कँडेलले यौन दुव्र्यवहार गरेको गम्भीर आरोप लगाएका छन् ।


सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर कँडेलले अन्याय गरेको बताएका शर्मिला श्रेष्ठ, खगेन्द्र विश्वकर्मा, पूर्णप्रसाद कँडेल, लक्ष्मीप्रसाद घिमिरेलगायतले पत्रकार सम्मेलनै गरेर कँडेलबाट पीडित भएको बताएका हुन् । कँडेल र घिमिरे सञ्चालक कृष्णका नातेदारसमेत हुन् । सञ्चारकर्मी सामु शर्मिलाले कँडेलले आफूलाई यौन दुव्र्यवहार गरेको गम्भीर आरोप लगाएकी छन् । यस्तै इन्द्रेणीका गाडीचालक जीवन टण्डनकी श्रीमती कविताले पनि मिडिया सामु कँडेललाई यौन दुव्र्यवहारको आरोप लगाएकी छन् । उनले कँडेलले आफूलाई फोन गरेर शरीरमा तेल लगाइदिन भनेको दाबी गरिन् । यसैगरी शर्मिलाले भनेकी छन्, ‘उहाँले भनेको कुरा मैले मानिनँ । मेरो कोठामा आउन खोज्नुभयो । मैले कोठामा ल्याइनँ । मेरो आफन्तहरूले के भन्लान् भनेर बोलाइनँ । त्यसपछि उहाँले अरूलाई वास्ता गर्नुभयो । मलाई बेवास्ता गर्न थाल्नुभयो । अन्ततः जागिरबाट हटाइयो,‘ ‘त्यहीकारण म तनावमा छु । मानसिक रूपमा विक्षिप्त छु । कतिपयले भने इन्द्रेणीबाट निकालिएपछि प्रतिशोध साँध्न यौन दुव्र्यवहार भएको मिथ्या आरोप लगाएको टिप्पणी गरेका छन् ।

इन्द्रेणीबाट अघोषित निष्कासनमा परेका पाँचजना कलाकारले आफूहरूलाई कुटपिट गरेको, सञ्चालक कँडेलविरुद्ध जनताको पैसामा मस्ती गरेको आरोप लगाएका छन् । उनीहरूले कँडेलले ‘इन्द्रेणी’मा दाताहरूले पठाएको पैसा अपारदर्शी रूपमा व्यक्तिगत रूपमा प्रयोग गर्ने गरेको व्यक्तिगत रूपमा घरजग्गा जोडेको, विलासीपूर्ण जीवन बिताइरहेको पनि पत्रकार सम्मेलनमा बताएका थिए । उनीहरू विगत १२ वर्षदेखि इन्द्रेणीमा आबद्ध थिए । यसअघि इन्द्रेणीबाट टीका सानु, मीना लामालगायत कैयन् कलाकार बाहिरिएका थिए ।


इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्षसमेत रहेका कँडेलले भने आफूमाथि लगाइएको आरोप झुटा, निराधार र कपोलकल्पित भएको बताएका छन् । कँडेलले शुक्रबार इन्द्रेणी परिसरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । उनले आफूले यौन दुव्र्यवहार गरेको भए तीन वर्षसम्म किन नबोलेको भनेर शर्मिलालाई प्रश्न गरेका छन् । पत्रकार सम्मेलनमा उनले राज्यका जुनसुकै निकायले पनि जतिबेला पनि इन्द्रेणी फाउन्डेसनमा छानबिन गर्न सक्ने र दोषी पाइए सजाय भोग्न तयार रहेको बताएका थिए । उनले कुनै पनि कर्मचारीको पारिश्रमिकबाट वञ्चित नगरेको पनि पत्रकार सम्मेलनमा बताएका थिए । त्यसअघि उनले फेसबुकमा लामो स्टाटस लेखेका थिए ।


सम्पूर्णमा इन्द्रेणीका भगवान्रूपी दर्शक आमाबुवा दिदीबहिनी दाजुभाइहरूमा म कृष्ण कँडेलको नमस्कार !!
नेपालको लोकसंस्कृतिको जगेर्ना र संरक्षणको लागि इन्द्रेणी सांस्कृतिक विकास केन्द्रको जन्म गर्दाको दुःख, पीडा र संघर्ष सम्झिँदा आज पनि मेरो मन भक्कानिन्छ । देशका कुना कन्दरादेखि दूरदराजसम्मको प्रतिभा र स्रष्टाहरूलाई स्थान दिई प्रतिभा प्रस्फुटन गर्ने काम गरे, गरिब दुःखी र असहाय–रोगी तथा अपांगको संरक्षणमा म लाग्दै आएँ । बाल कलाकारलाई स्थान दिनेदेखि लिएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई गरेको सहयोग र योगदान देखेर देश विदेशका आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूले गरेको सहयोग जस्ताको तस्तै पु¥याउने पुलको काम गरे । दिनरात झरी, बादल, कोरोना तथा दैविक प्रकोप केहीको प्रबाह नगरिकन अहोरात्र जीवन समर्पण गरे ।


आज यस संस्थाका सबै कर्मचारी तथा कलाकारलाई समान व्यवहारको काम गर्दा गर्दै पनि केहि कलाकार तथा कर्मचारीहरूले यस संस्था छाडी आज म तथा मैले सञ्चालन गर्दै आएको इन्द्रेणी कार्यक्रमलाई बदनाम गराउन र सिंगो संस्थालाई नै धराशायी बनाउन काल्पनिक र बनावटी कुरा राखी अन्तरवार्ता तथा लाइभमा बसेको र पत्रकार सम्मेलन गरेको विषयले म साहै्र दुःखित छु । मैले कसैको पनि श्रम तथा सम्मानमा चोट तथा शोषण गर्ने कार्य गरेको छैन । झुटा कुरा बोलेको षियमा कानुनले समेत हेर्छ भन्ने विश्वास राखी म तथा इन्द्रेणी माथि गरेका अफवाह, कपोकल्पित तथा भ्रमित समाचारहरूको विश्वास नगरिदिनुहुन इन्द्रेणीका सम्पूर्ण दर्शक श्रोताहरूलाई हार्दिक अपिल गर्दछु ।


कँडेलले अगाडि लेखेका छन् साथै, इन्द्रेणी के हो ? कसरी चलेको छ भन्ने विषय हाल पनि यस संस्थामा ३० भन्दा बढी कलाकार तथा कर्मचारी आबद्ध रहेको हुँदा निजहरूसँग पनि प्रत्यक्ष बुझ्दा स्पष्ट हुने हुँदा झूटा भ्रमपूर्ण अभिव्यक्तिलाई सञ्चारमाध्यमहरूले एकतर्फी सम्प्रेषण नगरिदिनुहुन अनुरोध गर्दछु । अन्यथा मविरुद्ध लागेको झुटा आरोपहरू प्रकाशित गर्ने सञ्चारमाध्यम तथा झुटा अफवाह फैलाउने व्यक्ति जो कोहीविरुद्ध कानुनी उपचारमा जान बाध्य हुनेछु । कँडेलले शुक्रवार नै उनिहरु बिरुद्ध जिल्ला अदालतमा गाली बेइज्जती र मानहानीको मुद्धा दर्ता गराएका छन् ।