देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

बिहीबारदेखि सुरू भएको बैठकमा आगामी सोमबारदेखि गोदावरीमा हुन लागेको पार्टीको महासमिति बैठकको तयारीका विषयमा छलफल भइरहेको छ । बिहीबारको बैठकमा महासमिति बैठकका लागि तयार गरिएका प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो ।

उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र अर्का महामन्त्री गगन थापाले पार्टीको संगठनको विषयमा प्रतिवेदन तयार गरेका छन् । बिहीबारको बैठकमा ती नै प्रतिवेदनहरू केन्द्रीय समितिमा छलफलका लागि प्रस्तुत भएका थिए ।

त्यसमाथि केन्द्रीय सदस्यहरूले धारणा र सुझाव राख्ने क्रम चलिरहेको छ । केन्द्रीय सदस्यहरूको धारणा समेतलाई समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ ।

शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा विहान ९ बजेबाट बैठक बस्ने सञ्चार तथा सुचना प्रविधि विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

कांग्रेसको महासमिति बैठक ७ फागुनदेखि हुँदैछ ।