देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युरो र पाउण्डको भाउ एक रुपैयाँ घट्यो

देशान्तर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज युरो र पाउण्डको भाउ एक रुपैयाँ घटेको छ भने अमेरिकी डलरको भाउ बुधबारकै हाराहारी कायम छ ।

बिहीबार युरो एकको खरिद दर १४१ रुपैयाँ ८३ पैसा कायम भएको छ भने बिक्री दर १४२ रुपैयाँ ४७ पैसा रहेको छ । जबकि बुधबार युरो एकको खरिद दर १४२ रुपैयाँ ८६ पैसा रहेको थियो भने बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको थियो ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैयाँ ९८ पैसा रहेको छ । बुधबार १६७ रुपैयाँ ९४ पैसामा कारोबार भएको थियो ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ भने कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।