देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लुम्बिनी प्रदेशका सञ्चारकर्मीहरुको कार्यशाला गोष्ठी सम्पन्न


पाल्पा । नेपाल प्रेस युनियन पाल्पा शाखाको आयोजनामा लुम्बिनी प्रदेशको आम सञ्चार कानून र सञ्चारकर्मीको अधिकार सम्बन्धि कार्यशाला गोष्ठी तानसेनमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको उदघाट्न शत्रमा शनिबार नेपाल प्रेस युनियन केन्द्रिय अध्यक्ष शिव लम्सालले पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा काम गरिरहेका पत्रकारहरुलाई अन्याय हुन नदिने शुद्धिकरण न्यायोचित ढंगबाट हुन पर्ने कुरामा जोड दिए ।

लुम्बिनी प्रदेशका बाह्र जिल्लाबाट आएका प्रेस युनियनका जिल्ला अध्यक्षहरुलाई संगठनको मर्म अनुसार काम गर्न र जिल्लाले गरेका काम गतिविधिहरुको जानकारी केन्द्रमा पठाउनु पर्ने पनि आग्रह गरे ।

कार्यक्रममा नेपाली काङग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले राजनितीक दल र सरकारलाई समेत खवरदारी गर्नका लागि पत्रकारहरुको महत्वपूर्ण भुमिका रहने बताए । लुम्बिनी प्रदेश गृह मन्त्रालयका सचिव लालबाबु कवारीले मिडियामा देखिएका समस्या समाधान गर्न ऐन, कानून निर्माणमा समेत प्रदेश सरकार प्रभावकारी ढंगले काम गरेको जानकारी दिए । कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष डा. सुदीप गौतमले लुम्बिनी प्रदेशको आम सञ्चार कानून र सञ्चार कर्मिहरुको अधिकारका साथै प्रदेशमा सञ्चारको वर्तमान अवस्थाका बारेमा सहजीकरण गर्दै लुम्बिनी प्रदेश सरकारले मिडिया ऐन ल्याए पनि मिडिया मैत्री नभएको बताए ।

नेपाल प्रेस युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकारहरुको हक अधिकारका सुनिश्चित गर्न स्थानीय प्रदेश र संघिय सरकारले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

उक्त कार्यशाला गोष्ठिमा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्षहरु जीवन भण्डारी, माधव अर्याल प्रेस युनियन पाल्पाका संस्थापक एवं सल्लाहकार झपेन्द्र गहिरे नेपाली काङग्रेस गुल्मीका सचिव जगदिश भट्टराई लगायतले सञ्चारकर्मीहरुको पीडा सरकारले बुझ्नु पर्ने बताए । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका बाह्र जिल्लाका अध्यक्षहरु सहभागी भएको उक्त कार्यक्रम नेपाल प्रेस युनियन पाल्पाकि अध्यक्ष मन गहिरेको अध्यक्षता तथा नेपाल प्रेस युनियन पाल्पाका उपाध्यक्ष रामचन्द्र रायमाझीको स्वागत एवं सचिव विष्णु घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।