देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चाँगुनारायणले मनायो नवौं स्थापना दिवस, नगरलाई समृद्ध बनाउने प्रतिवद्धता

देशान्तर


भक्तपुर– चाँगुनारायण नगरपालिकाले नवौं स्थापना दिवस मनाएको छ ।

आफ्नो स्थापना दिवस, बालमैत्री स्थानीय तह घोषणाको तेस्रो बार्षिकोत्सव तथा ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मंगलवार बृहत अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।

प्रतिनिधिसभा सदस्य प्रेम सुवालले पानसमा बत्ती बालेर उद्घाटन गरेको कार्यक्रममा वडाध्यक्षहरु, नगर कार्यापालिकाका सदस्यहरु, कर्मचारीहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरलाई समुन्नत र समृद्ध बनाउन सबै एकजुट भएर लाग्नु पर्ने बताए । नगरपालिकाले पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा गरेका कामहरू निकै उपलब्धिमूलक रहेको पनि प्रमुख खत्रीले बताए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले नगरपालिकाको स्थापना दिवसको शुभकामना दिएका थिए ।