देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेश सभा सचिवालयका सचिवलाई ६ वर्ष कैद

देशान्तर

विराटनगर । कोशी प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीलाई भ्रष्टाचार मुद्दामा ६ बर्ष कैदको फैसला भएको छ ।

बुधबार सर्वोच्च अदालत न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको सफाइ फैसला उल्ट्याउँदै पशुपति क्षेत्रमा बालुवाखानी सञ्चालन प्रकरणमा उनलाई ६ वर्ष कैद तोकेको हो ।

उनीसहित सर्वोच्चले ९ जनालाई दोषी ठहर गरेको छ । पराजुलीलाई ६ वर्ष कैद र १ करोड २२ लाख रुपैयाँ जरिवाना तोकिएको छ । उनले काठमाडौं जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी रहँदा ६ करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ ।

अदालतको फैसलासँगै हालै दोस्रो कार्यकालका लागि नियुक्त भएका पराजुली स्वतः पदमुक्त भएका छन् ।