देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साउदी अरबमा रक्सी बनाएर बेच्दा ४०० बढी नेपाली जेलमा

देशान्तर

काठमाडौं । साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री बितरण गरेको आरोपमा सयौँको संख्यामा नेपाली श्रमिकहरू जेल परेका छन् ।

रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री बितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ ।

साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो । झण्ड चार लाख नेपालीहरू त्यहाँ कार्यरत रहेको तथ्यांक छ । बढी आम्दानी हुने लोभमा नेपालीहरू मदिरा सेवन र बेचबिखनमा संलग्न हुँदा पक्राउ परेका र जेलमा पुगेका नेपाली राजदूताबासका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

ती अधिकारीका अनुसार हाल ४०० भन्दा धेरै नेपालीहरू जेलमा पुगेका छन् । तर वास्तविक संख्या त्योभन्दा पनि धेरै हुनसक्ने आंकलन गरिएको छ ।