देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यो मायालु हृदय


भयानक युद्ध चलिरहेको छ 

परजीवी र श्रमजीवीहरूबीच

परजीवीहरू सिध्याइरहेका छन्

श्रमजीवीहरू आक्रमण रोकिरहेका छन्

परजीवीहरू झन् आक्रामक बनेका

आगो बनेर फैलिरहेका छन्

यस युद्धको अगाडि

के प्रथम, के द्वितीय विश्वयुद्ध ?

अझ अगाडि जाने हो भने 

के महाभारतको धर्मयुद्ध ?

युद्धमा को विजयी हुन्छ थाहा छैन

विजयी हुनेले केही प्राप्त गर्दैन

युद्ध जितेर हार्नेहरू छन्

यो युद्ध हार्दैमा ऊ मरेको हुँदैन

दूबो जस्तै सधैँ बाँचिरहने छ

म रहँु या नरहूँ

त्यो आस्था 

त्यो इमान 

सधैँ बाँचिरहने छ

प्रेम बाँच्ने छ

जसको छातीबाट

हजारौँ सूर्य जन्मिने छन्

त्यसैले म भन्छु

हार भएमा पनि जित छ

जितमा प्यार छ

सुकोमल छातीभित्रको प्यारमा

कोटी सूर्यको उज्यालो उद्भव छ

त्यसैले लाग्छ

प्रेमको उज्यालोमा

सूर्यको उज्यालो विलुप्त हुन्छ

प्रेमको उद्गम स्थलमा

मातृ उदय

पितृ उदय

बात्सल्य उदय

राष्ट्र उदय

प्रेमी उदय

र, यो मायालु हृदय