देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रूसी पुस्तकालय : भाषा, साहित्य र कलाको सम्मिश्रण

देशान्तर

काठमाडौं । कमलपोखरी काठमाडौंस्थित रुसी हाउसको परिसरमा रहेको रुसी पुस्तकालय ४० वर्षभन्दा बढी समयदेखि रुसी भाषा साहित्य र कलाको खोजी गर्नेका लागि मनमोहक केन्द्र बनेको छ । यसले विद्वानहरू, लेखकहरू, र उत्साहीहरूलाई बौद्धिक अन्वेषणको लागि मञ्च प्रदान गर्दछ। पुस्तकालयमा अध्ययनका लागि शान्त र जीवन्त वातावरण, इन्टरनेट सुविधासहितको सुव्यवस्थित ठाउँ छ, जसले प्रयोगकर्ताहरूलाई उनीहरूको रुचि अनुरुपका सामाग्रीहरु पढ्न र अन्वेषण गर्न सहजता प्रदान गर्दछ।


यसका साथै रुसी पुस्तकालयमा सेमिनार, अन्तरक्रियात्मक कार्यशाला, पुस्तक छलफल जस्ता विभिन्न गतिविधिहरू भइरहेका छन्। स्थानीय संस्था र समुदायसँग जोडिनका लागि विशेष कार्यक्रमहरू, शैक्षिक पहलहरूका साथमा सहकार्य गर्न सक्रिय रूपमा पुस्तकालय संलग्न हुने गर्दछ। रुसी सदनका साझेदार संगठनहरु नेपाल(रसिया साहित्य समाज र मित्र कुञ्जसँगको सहकार्यमा पुस्तकालयले विभिन्न साहित्यिक गतिविधिहरू आयोजना गर्दै आएको छ। यसबाहेक, पुस्तकालयले उदारतापूर्वक रूसी भाषा, साहित्य सामाग्रीहरु, पत्रिकाहरू, र अन्य पुस्तकहरू उपहारस्वरुप प्रदान पनि गर्ने गर्दछ। यी संलग्नताहरूले अर्थपूर्ण चिनापर्ची र संवादहरूलाई बढावा दिन्छ, विचारहरू र दृष्टिकोणहरूको आदानप्रदानको लागि अभिप्रेरित गर्दै विश्वप्रतिको हाम्रो बुझाइमा उल्लेखनीय योगदान पुर्‍याउँछ।


पुस्तकालयका सबै साहित्यिक खजानाहरू उत्साही र आम जनता दुवैका लागि लाभदायक छन्। यसमा बहुभाषी पुस्तकहरुका साथै रुसी, अंग्रेजी र नेपाली साहित्यका अनुवाद सहित पुस्तकहरूको विस्तृत संग्रह छ। प्रयोगकर्ताहरूलाई रूसी इतिहास, भूगोल, विज्ञान र प्रविधि, कला, अर्थशास्त्र, राजनीति, भाषा र साहित्यमा विस्तृत स्रोतहरू उपलव्ध गराउनाका लागि खुला पहुँच प्रणाली लागू गरिएको छ। पुस्तकालयमा प्रख्यात रूसी लेखकहरूको साहित्यिक कार्यहरूको एक विशाल विविधता छ, जसको फैलावट परापूर्व कालका लेखन शैली देखि लिएर समकालीन शैलीहरूसम्म रहेको छ। यस संग्रहमा, जो कसैले पनि टाल्स्टोय, पुश्किन, गोर्की, गमजातोभ, चेखोभ, शोलोखोभ, सोल्जेनित्सिन र अन्य धेरैका उत्कृष्ट कृतिहरू नेपाली, रुसी, अङ्ग्रेजी र हिन्दी चार फरक भाषाहरूमा प्राप्त गर्न सक्छ। त्यस्तै गरी, नेपाली र अंग्रेजी साहित्यमा विभिन्न प्रकारका अन्य पुस्तकहरू पनि उपलब्ध छन्। बालबालिकाका कथाहरू, परी कथाहरू र दन्त्यकथाहरूलाई छुट्टाछुट्टै खण्डहरूमा व्यवस्थित गरिएको छ।

फोटो एल्बम र ह्यान्डबुक म्यानुअलहरूको अतिरिक्त, पुस्तकालयले विभिन्न नेपाली तथा अन्य भाषामा निस्कने प्रकाशनहरूको ९दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिकाहरू० सदस्यता प्राप्त गरेको छ। यसले डिजिटल स्रोतहरूलाई पनि प्राथमिकता दिन्छ, भाषा सत्रहरूको अडियो(भिजुअल रेकर्डिङहरू, वृत्तचित्रहरू, ई पुस्तकहरूको चयन, इत्यादिलाई पनि उत्तिकै महत्वमा राखेको छ।


पुस्तकालय सोमबारदेखि बिहीवार सम्म बिहान ९ बजे देखि बेलुका ६ बजे सम्म खुल्ला रहन्छ भने शुक्रवारका दिन बिहान ९ बजे देखि बेलुका ५ बजेसम्म संचालनमा रहन्छ, र चुनिएका केही सरकारी बिदाहरूका दिन पनि खुला रहन्छ। पुस्तकालय भ्रमण गर्न इच्छुक सम्पूर्णलाई स्वागत गर्दछ र सदस्यता योजना पनि प्रस्तुत गर्दछ, जुन नेपाली र विदेशी दुवै नागरिकका लागि उपलब्ध छ। पुस्तकालयको सदस्य बन्नको लागि, व्यक्तिहरूले आफ्नो नागरिकता वा राहदानी सहित आफ्नो फोटोको दुई प्रति उपलब्ध गराउनुपर्छ र एक वर्षको लागि नेपाली ५०० रुपैयाँ दस्तूर बुझाउनु पर्छ। सदस्यहरूसंग १५ दिनको अवधिसम्मको लागि दुईवटा पुस्तक उधारो लिन सक्ने विशेषाधिकार छ। यसबाहेक, उनीहरू आफ्नै पुस्तकहरू सहित पुस्तकालयमा आएर यहाँको श्रोत र साधनको उपयोग गर्न सक्दछन।


पुस्तकालयले विविध किसिमका प्रयोगकर्ताहरूलाई आकर्षित गरिरहेको छ, जसमा फुर्सदको समयलाई सदुपयोग गर्दै पढ्न चाहनेहरु, अनुसन्धान परियोजनाहरूमा कार्यरत वर्ग र परीक्षाको तयारी गर्न आउनेहरु समावेश छन्। फलस्वरूप, पुस्तकालयले नौला प्रकृतिका प्रयोगकर्ताहरूको आगमन निरन्तर रुपमा अनुभव गर्ने गर्दछ। नियमित पुस्तकालय आगन्तुकहरू भन्छन् ( ७त्रगयतसघरमा पढ्नुको तुलनामा पुस्तकालयमा पढ्नु धेरै फलदायी हुन्छ। किनकि अरू मानिसहरूलाई पुस्तकहरूमा डुबेको देख्दा मलाई पनि ध्यान केन्द्रित गर्न प्रोत्साहन मिल्छ।” फलस्वरूप, पुस्तकालय एक केन्द्रीय स्थान भएको छ, जहाँ व्यक्तिहरूले सिक्न, पढ्न र आफ्नो विविध रुचिहरू पछ्याउन सक्छन्। यो स्पष्ट छ कि पुस्तकालयले सबै उमेर समूह र पृष्ठभूमिका व्यक्तिहरूलाई आकर्षित गरेर समावेशीता र विविधता कायम राख्न प्रयास गरिरहेछ। पुस्तकालयले परिवर्तनशील प्रयोगकर्ताका आवश्यकताहरू, उदीयमान ढाँचाहरू, र विविध परिप्रेक्ष्यहरूमा अपेक्षित परिमार्जन र आधुनिकीकरणको आवश्यकतालाई महसुस गर्दा गर्दै पनि चाहे झैं हुन सकिरहेको छैन। यद्यपि, नेपाली, अङ्ग्रेजी र रुसी साहित्यका साथै अन्य विषयका पुस्तकहरूको सङ्ग्रह विस्तार गरेर पुस्तकालय प्रयोगकर्ताको अपेक्षा पूरा गर्न समर्पित रहेको छ। थप अन्तरक्रियात्मक कार्यक्रमहरू लागू गर्दै, समुदायभित्र अझ गहिरिने प्रयासमा पुस्तकालयले निरन्तर रुपमा कसरि प्राविधिक प्रगतिहरूलाई गति दिन सकिन्छ भन्ने विषयमाथि मनन् गरिरहेको छ।

रूसी पुस्तकालय सम्पूर्ण आगन्तुकहरूलाई खुला हृदयले न्यानो निमन्त्रणा दिन्छ। हामी वास्तवमै यो चाहन्छौं कि यस पुस्तकालयभित्रको साहित्य र संस्कृतिको बिशाल ज्ञान(भण्डारमा आफूलाई डुबाउनको लागि तपाईंहरु केही समय जुटाउनुहोस र लाभान्वित हुनुहोस् । यदि तपाईं रूसी साहित्यको अतीतको उत्कृष्ट कृतिहरू द्वारा मोहित हुनुहुन्छ वा जीवन्त बहुसांस्कृतिक परम्पराहरूलाई आत्मसात गर्न उत्सुक हुनुहुन्छ भने यो पुस्तकालय तपाइलाई सहर्ष स्वागत गर्दछ, किनकि यो पुस्तकालय विभिन्न भाषाहरू, साहित्यहरू, र विश्वका कलाहरूको सुमधुर सम्मिश्रण हो भन्दा अत्युक्ति हुनेछैन।

भावना न्यौपाने, पुस्तकालय प्रमुख