देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक परिमार्जनसहित पारित

देशान्तर

काठमाडौँ । प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिले अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक परिमार्जनसहित सर्वसम्मतिले पारित गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट्रिय सभाबाट पारित भएर आएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक परिमार्जनसहित पारित गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

२०७६ सालमा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक २०७९ सालमा पारित भएर प्रतिनिधि सभामा सन्देश सहित आएको थियो । संघीय सरकारले कार्यान्वयन गर्ने संघीय आयोजना र संघीय सरकारको अनुदानमा सञ्चालित आयोजनाहरूको अनुगमन तथा मूल्याङ्कन सम्बन्धी व्यवस्था विधेयकमा गरिएको छ ।