देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतले नेपाललाई दिने अनुदान रकम बढायो

देशान्तर

काठमाडौं । भारतले नेपाललाई दिने अनुदान रकम बढाएको छ । नेपालका भारतले आगामी वर्ष २०२४÷२५ का लागि ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) विनियोजन गरेको छ । वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार भारतको बजेट सार्वजनिक गरेकी छिन् ।
भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरेको हो । भारतले छिमेकी मुलुकमध्ये भुटानमा सबैभन्दा धेरै अनुदान तथा ऋण उपलब्ध गराउने गरेको छ । २०२४÷२५ का लागि भुटानलाई दिने सहायता भने घटेको छ । आगामी वर्ष भुटानले २० अर्ब ६८ करोड भारु पाउने छ । यसमध्ये ९ अर्ब ८९ करोड ऋण हो ।