देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिहारको मुख्यमन्त्री नीतिश कुमारको आजै राजिनामा आजै नियुक्ति

देशान्तर

काठमाडौं । भारत बिहारको मुख्यमन्त्रीमा नीतिश कुमार नियुक्त भएका छन् । यसअघि राष्ट्रिय जनता दलको समर्थनमा मुख्यमन्त्री रहेका उनी पछिल्लो पटक भारतीय जनना पार्टी बिजेपीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
उनले आजै शपथ लिएका छन् । आज बिहान राजीनामा दिएका उनी ६ घन्टा पनि नबित्दै पुन मुख्यमन्त्री नियुक्त भएका हुन् । उनी बिहारको मुख्यमन्त्री बनेको यो नवौं पटक हो ।

कूल २४३ सदस्यीय बिहार विधानसभामा आरजेडीसँग ७९ विधायक छन् भने भाजपासँग ७८ विधायक छन् । विधानसभामा जेडीयू ४५, काङ्ग्रेस १९, भाकपा (एम–एल) १२, हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) को चार र सीपीआई (एम) र भाकपाको एक÷एक सदस्य छन् । एआईएमआईएम अन्य दुई सिट र एक स्वतन्त्र सदस्य रहेका छन् ।


नीतिश कुमारले सन् २०२२ को अगष्टमा भाजपाबाट गठबन्धन तोडेर राष्ट्रिय जनता दलसँग मिलेका थिए । तर त्यो गठबन्धन तोड्दै नितिश कुमारको जनता दल युनाइटेड फेरि बिजेपीसँग मिलेको हो ।