देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालीको उचित मूल्यको माग गर्दै फ्रान्सका किसान सडकमा

देशान्तर

काठमाडौं । फ्रान्सका किसानहरूले देशका प्रमुख सडकहरू बन्द गरेका छन् । उनीहरुले उत्पादनको उचित मूल्य नपाएको भन्दै आन्दोलन गरेका हुन् । आन्दोलनका क्रममा किसानहरुले आफ्ना उत्पादनका क्रेटहरु नै सडकमा फालेका छन् ।

सबैभन्दा खराब अवस्था राजधानी पेरिसको रहेको जनाइएको छ । किसानले बालीको कम मूल्य, हरित नियमन र स्वतन्त्र व्यापार सम्झौतालाई तत्काल कार्यान्वयन गर्न माग राखेर प्रदर्शन गरेका हुन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन गणतन्त्र दिवसको प्रमुख अतिथिका रूपमा भारतको राजकीय भ्रमणमा आएका बेला फ्रान्समा किसान आन्दोलन चरम सीमामा पुगेको हो ।

फ्रान्सेली किसानहरूले देशको दक्षिणपश्चिममा दुई हप्ता अघि सुरु भएको विरोध प्रदर्शन अझै जारी रहेको बताएका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए ।

नयाँ प्रधानमन्त्री गेब्रियल अटलका लागि किसानको आन्दोलन पहिलो ठूलो चुनौतीको रुपमा हेरिएको छ ।