देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित

देशान्तर

काठमाडौं । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए ।

सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि उम्मेदवारी नदिने निर्णय गरेको थियो ।