देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट निर्बिरोध हुने

देशान्तर

काठमाडौं । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्बिरोध हुने भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उम्मेदवारी नदिने निर्णय गरेसँगै विष्ट सभामुखमा निर्विरोध निर्वाचन हुने निश्चित भएको हो । कोशीको सभामुख चयनका लागि आजै मंगलबार दिउँसो ३ बजेलाई निर्वाचन समय तोकिएको छ । सभामुखका लागि सत्ता गठबन्धले विष्टलाई अघि सार्ने निर्णय गरेसँगै एमालेले उम्मेदवारी नदिने निर्णय गरेको हो ।


विष्ट गत निर्वाचनमा झापाबाट समानुपातिकतर्फ राप्रपाबाट प्रदेश सभामा निर्वाचित भएका थिए । कोशी प्रदेशमा माओवादी केन्द्रका बाबुराम गौतमले गत साउन महिनामा राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको थियो । त्यसबेला सत्ता गठबन्धनमा सरकारलाई बहुमत पुर्याउन गौतमले राजीनामा दिएका थिए ।