देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्ड नेपाली राजनीतिका अस्थिर पात्र हुन्-मेटमणि चौधरी

देशान्तर


एकीकृत समाजवादीका नेता एवम् सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण नेपाली राजनीति सधैं अस्थिर हुने गरेको टिप्पणी गरेका छन् । प्रचण्डले आफू सधैं सत्ताको केन्द्रमा रहने दृष्टता राख्ने गरेका कारण पनि राम्रा काम हुन नसकेको उल्लेख गरे । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीस“गको कुराकानीमा चौधरीले राष्ट्रियसभामा ओली पार्टीलाई कुनै पनि हालतमा सिट बा“डफा“डमा सहभागी गराउन नहुने पनि उल्लेख गरे । ओलीले टीआरसीका विषयमा पटकपटक लाभ लिएकाले अहिले पनि गठबन्धनभित्र खेल्नका लागि टीआरसीको विषयमा निकालेको पनि बताए । चौधरीस“ग गरिएको कुराकानीको सम्पादित अंश ।

राष्ट्रियसभाको उम्मेदवारको मनोनयनको मिति नजिक आउ“दा पर्दा पछाडिका जुन खेलहरू चर्चामा छन् त्यसलाई कसरी बुझ्नुहुन्छ ?
अहिलेको शीर्ष राजनीतिक दलहरू सबैले अपराध गरेका छन् । त्यसमा सबैभन्दा ठूलो अपराध शीर्ष दलका शीर्ष नेताहरूले नै गरेका छन् भन्छु म । ती शीर्ष भनिएका नेताहरूले आफूले गरेका कुराहरू जनताले थाहा नपाऊन्, सार्वजनिक नै नहोस् भन्ने उनीहरूको मनोविज्ञान छ । त्यसैले विगतमा जस्तो सम्बन्ध भए पनि सबै एक ठाउँमा रहने, एकले अर्काको गल्ती, कमी, कमजोरीलाई ढाकछोप गर्ने, उजागर नगर्ने र आफूलाई फेरि पनि ‘सेभ साइट’मा राख्ने उद्देश्यका साथ सबै मिलेर अघि जान खोजेको देखिन्छ । अहिलेका नेताहरूमा जति सकिन्छ मिलेर बस्ने बाँडेर खाने प्रवृत्ति देखिएको छ । राष्ट्रियसभाको चुनावमा ओली पार्टी (म एमाले भन्न चाहन्नँ) सक्किने अवस्थामा छ । उसले अहिले ९ सिट गुमाउँदै छ । ५९ सदस्यीय राष्ट्रियसभामा ९ सिट गुम्नु राजनीतिक दलका लागि ठूलो घाटा हो । अब चुनाव जितेर आउने सम्भावना पनि नहुँदा त क्रमशः राष्ट्रियसभा त एमाले मुक्त हुँदैछ । यसले अब ओली पार्टीलाई झड्का लागेको छ । कार्यकर्ताहरू पनि निराश हुन थालेकाले जसरी हुन्छ सत्तारूढ गठबन्धनसँग मिलेर केही सिट लिन चाहन्छ ।
यसमा प्रधानमन्त्री प्रचण्डको रणनीति के हो थाहा छैन, तर मलाई के लाग्छ भने, प्रचण्ड नेपाली राजनीतिमा अस्थिरता मच्चाइरहने पात्र हुन् । राजनीतिक स्थायित्वभन्दा पनि अस्थिरता मच्चाउने र त्यही अस्थिरतामा खेलेर आफू केन्द्रमा रहने उनको दाउँ जहिले पनि हुन्छ । साथै उनै सबैलाई ‘इमोसनल ब्ल्याकमेल’ गरेर अरूलाई खुम्च्याउने आफूले भने गोल गर्न अघि सर्ने मनोवृत्ति भएका व्यक्ति हुन् ।

भनेको सिट बाँडफाँडलगायतका यावत् कुराहरूको मेन स्ट्राइकर नै प्रचण्ड हुन् त ?
प्रचण्डकै खेल हो । उनी मुलुकलाई स्थायित्व, समृद्धि र विकासतर्फ भन्दा पनि आफूलाई पावरमा कसरी राखिराख्ने भन्ने गलत चिन्तनका साथ अघि बढेका छन् । त्यसैले प्रचण्डले यस्ता कामहरू गरी नै राख्छन् । तर उनलाई हामी सफल हुन दिँदैनौं । प्रचण्डले अहिले एक चिज देखाएर अरूलाई तर्साएर साइजमा ल्याउन खोज्दैछन् । यो उनैका लागि दुर्भाग्य हुन्छ । उनीसँग त जम्मा ३२ सिट हो । यसैगरी राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी बाहिर छन् । त्यसैले तलमाथि हुनासाथ नयाँ समीकरण बन्छ भन्ने हेक्का प्रचण्डले राख्न सकेको पाइएन । प्रचण्डको गेम गर्ने रणनीति त होला तर, अहिलेको सत्तारूढ गठबन्धनभित्र उनी सबैथोक त होइनन् । यदि प्रचण्डले केपी ओलीलाई पनि साइजमा राख्नका लागि हुन्छ हुन्छ भनेर झुलाउने अनि मनोनयन गठबन्धनको निर्णयअनुसार पनि गराउन सक्छन् । समग्रमा कुरा के हो भने प्रधानमन्त्री भइसकेको व्यक्तिले मुलुकको राजनीतिलाई गोलचक्करमा फसाउनु हुँदैन । अस्थिरताको बाटोतर्फ लानु हुँदैन ।

राष्ट्रियसभालाई हामीले कसैलाई निषेध गर्ने स्थल बनाएको हो त ?
राजनीतिमा जसले सक्छ त्यसैले आफू अनुुकूल गर्ने हो । कुनै बेला गठबन्धन गरेर नेकपा एमाले ठूलो पार्टी भयो, त्यतिबेला हामीले पनि जितेका थियौं । आज एमालेले सकेन नसक्दा निषेध हुन्छ, क्लिनस्विप हुन्छ । राजनीति भनेको सक्नेले गर्ने हो, फुटबल मैदानमा २२ जना खेलाडी हुन्छन् तर गोल गर्ने त एक दुई जनामात्रै हुन्छन्, हो राजनीति पनि यस्तै हो । पछिल्ला केही वर्षदेखि मेरो दिमागमा के कुरा खेलिरहेको छ भने, अहिलेसम्म नेपाल किन बिग्रियो भन्दा हामीले सधैं सम्झौताको राजनीति ग¥र्याैं । २००७ सालमा क्रान्ति गरेर राणालाई बिदाइ ग¥र्याैं भन्यौं, राणा हटाएर हामीले त्रिभुवनलाई स्थापित ग¥र्याैं, २०४६ सालमा फेरि बहुदलीय व्यवस्था ल्यायौं र फेरि राजासहितको संविधान बनायौं । २०६२÷०६३ को आन्दोलनपछि गणतन्त्र ल्यायौं । गणतन्त्र आउँदा पनि हामीले पूर्ण गणतन्त्र नभएर संसदीय व्यवस्थासहितको गणतन्त्र ल्यायौं । त्यसैले सधैंभरि जित्यौं भनेर नाम परिवर्तन भयो तर हामीले कहिल्यै जित्न सकेनौं । त्यसैले जहिलेसम्म सम्झौताको राजनीति चल्छ, त्यतिबेलासम्म नेपालको उन्नति हुन सक्दैन । जस्तै चीनमा एउटा व्यवस्थालाई बिदाइ गरे अनि अर्को व्यवस्था आयो, अहिले चीनमा कम्युनिस्ट पार्टीको शासन अगाडि बढी रहेको छ । भारतमा ब्रिटिसहरूलाई भगाएर भारतकै शासकहरू आए । तर नेपालमा यस्तो कहिल्यै हुन सकेन । त्यसैले सम्झौताको राजनीति भन्ने कुरा नै बेठीक रहेछ । कम्तीमा तपाईं र मबीचमा वार (लडाइँ) भइसकेपछि मिल्नेभन्दा पनि कि तपाईंले जित्ने कि मैले जित्ने अवस्था आउनुपर्ने थियो । त्यसैले नेपाली राजनीतिमा ‘विन विन’ भन्ने शब्द प्रयोग नै गलत रूपमा भएको छ । राजनीतिमा विन विन भन्ने हुँदैन ।

टीआरसी देखाएर एमालेसँग राष्ट्रियसभामा सिट बाँडफाँड जायज हो ?
यो त प्रचण्ड कमरेडको रणनीति हुन सक्छ । अरूलाई देखाएर आफ्नो भागबन्डालाई माथि उठाउने । टीआरसी भन्ने विषय सरकारको मात्रै जिम्मेवारी होइन । टीआरसीलाई व्यवस्थापन गर्ने कुरा पास गर्ने कुरा प्रमुख प्रतिपक्षको पनि दायित्व हो । फेरि टीआरसीकै विषयलाई लिएर केपी ओलीले बदमासी त गरिसकेका छन् । संयुक्त राष्ट्रसंघको महासचिव नेपाल भ्रमणमा आउँदा टीआरसीको विषयमा केही नबोल्ने, सकारात्मकमात्रै कुरा गर्ने भनिएको थियो । तर त्यतिबेला ओलीले जति बिगारेको सबै प्रचण्डले हो भन्दै हिँडेका थिए । दोस्रो कुरा टीआरसीलाई सर्वसम्मत गर्नुपर्छ यसमा हामी सघाउँछौं भनेर संसदीय समितिमा पनि एमालेले थप दुई वटा सभापति लिएको हो । अब टीआरसी देखाएर फेरि बार्गेनिङ गर्ने कुनै पनि आधार एमालेसँग छैन । अहिलेको अवस्था हेर्दा एमाले सके सत्ता राजनीतिको समीकरणमा आउने नसके नजिकनजिक रहेर आफ्नो पार्टीलाई जोगाउँदै मुलुकको राजनीतिलाई गोलचक्करमा फसाउने खेल ओलीको हो ।

सत्तारूढ गठबन्धनको अवस्था ठीक छ अहिले ?
ओलीले चाहेको जस्तो गठबन्धन भत्किने र अर्को बन्ने सम्भावना छैन । तर के छ भने हामी कोही पनि इमान्दार छैनौं र भएनौं । सधैंभरि दाउपेचको राजनीतिक गर्न खोज्छौं । दाउपेचको राजनीति गर्ने बेला हरेक पटक थप उपलव्धि प्राप्त भइहाल्छ कि भन्ने सोचबाट ग्रस्त छौं । यसमा पनि हाम्रो पार्टी एकीकृत समाजवादीले राष्ट्रियसभामा ३ वटा सिट गुमाउँदै छौं । ९ वटा एमालेले गुमाउँदै छ । एमालेले गुमाउने ९ मध्ये एक, दुई सिट हामीसँग राख्न पाए हुन्थ्यो भन्ने अनि यही विषयलाई देखाएर प्रचण्डले राष्ट्रियसभाको अध्यक्ष बनाउन पाइन्छ कि भन्ने, कांग्रेसले पनि ठूलो दल छौं भनेर थप प्राप्त गर्न सकिन्छ कि भन्ने सोचाइमा दाउपेचको राजनीति भएको कारणले यस्ता खालका कुराहरू आउँछन् । तर, मलाई के लाग्छ भने यो गठबन्धन पाँच वर्ष नै टिकाउँछौं । यद्यपि यसमा सबै थोक हामीमात्रै पनि होइनौं । सबै थोक प्रचण्ड र कांग्रेस सभापति देउवा हुन् । देउवाले इथिक्सको राजनीति गर्छन् । प्रचण्ड कमरेडमा त्यस्तो केही देखिँदैन ।

राष्ट्रियसभा भनेको के बुढा नेताहरूलाई थन्काउनका लागि मात्रै हो त ?
अहिलेको अवस्थामा त त्यही देखिएको छ । तपाईं हामीले यस विषयमा कुरा उठाउने हो भने अहिलेसम्म भएको पार्टीको जिम्मेवारी पनि खोसिएला भन्ने डर । अब नबोल्ने हो भने यिनीहरूले केही गर्न सकिरहेका छैनन् । त्यसैले सबै राजनीतिक दलभित्रका युवाहरू छौं हामी, हामीले अब हिम्मत गर्नुपर्छ । अहिलेको अवस्थामा बुढाहरूलाई कसैले नपत्याउने अनि हामीले पनि हिम्मत नगर्ने हो भने अर्को नाउँको राजनीतिक शक्ति अगाडि आउँछ । तर त्यो शक्ति पनि टिक्नेवाला त छैन । त्यसैले अब नेपाली राजनीतिबाट पहिलो जेनेरसनका नेताहरूले विश्राम लिनुपर्छ । उहाँहरूले अहिलेसम्म धेरै गर्नु भएको छ, बहुदल, गणतन्त्र ल्याउनु भयो यसको लागि सम्मान व्यक्त गर्दै उहाँहरूबाट पुस्ता हस्तान्तरण गर्ने बेला आइसकेको छ । उहाँहरू नै नेतृत्वमा रही रहने हो भने देश बन्दै बन्दैन ।

सरकारको एक वर्षको कामलाई कति नम्बर दिने ?
हामी सबै ‘इस्टन्टवाज’मात्रै छौं । प्रधानमन्त्रीले इस्टन्ट नगरे हुन्थ्यो नि त । जनताको बीचमा जे सत्य कुरा हो त्यही राखे हुन्थ्यो । तर, इस्टन्ट गरेको कारणले सन्तुष्ट हुने ठाउँ छैन । सरकारले पुराना फाइल खोलेको देख्दा त धेरै नम्बर दिउँ जस्तो पनि लाग्छ । तर ती फाइलहरू निष्कर्षमा पुग्न सकेनन्, ठाउँमा पुग्न नसकेपछि सुरुआत राम्रो भए पनि के नम्बर दिनु र । अहिलेको अवस्थामा सरकारको कामबाट सन्तुष्ट हुने ठाउँ छैन । काण्डका फाइलहरू खोलेअनुसार काम गरेको भए उत्कृष्ट नै हुन्थ्यो । तर, कारबाही गरेको जस्तो देखाउने कामको कुनै अर्थ छैन । सरकारले विभिन्न काण्डमा संलग्नलाई कारबाही गर्ने र संलग्न नभएकाले पुरस्कृत गरेको भए विशिष्ट श्रेणीको नम्बर दिन सकिन्थ्यो । तर यो सरकारले केही पनि गर्न सकेन । फाइल खोतलेर मात्र केही अर्थ हुँदैन । अहिलेको सरकारको समीक्षा गर्दा मुस्किलले पास मार्क दिन सकिन्छ ।

तपाईंकै पार्टीबाट गएर मन्त्री भएकाहरूको कामप्रति पनि सन्तुष्ट हुनुहुन्न ?
एउटा व्यक्तिले मात्रै गरेर केही हुनेवाला छैन । प्रधानमन्त्रीले नै ‘कमिटमेन्ट’ गर्नुपर्छ । प्रधानमन्त्रीले नै कमिटमेन्ट नगरेपछि मन्त्रीले मात्रै कमिटमेन्ट गरेर काम हुँदैन । त्यसैले अहिलेको राजनीति भनेको कामचलाउ अवस्थामा रहेको छ । अझ गाउँघरतिर ‘झारा टार्ने’ भनिन्छ नि हो, त्यस्तै भएको छ । यो भनेको जानु त प¥यो तर काम गरे पनि भयो नगरे पनि भयो भने जस्तो । त्यसैले अहिलेको सरकार कामचलाउ र समय गुजार्नका लागि मात्रै भएको छ । त्यसैले अब प्रधानमन्त्री, मन्त्री, नेता र हामी सबैको एउटा कमिटमेन्टको जरुरी छ । अब नेपाली राजनीतिमा स्पष्ट भिजन र मिसन भएको नेता नहुँदासम्म केही हुनेवाला छैन । त्यसैले नेपाली राजनीतिमा नयाँ मान्छेको उदय हुन जरुरी छ ।

नयाँ मान्छे भनेको नयाँ पार्टी भन्न खोज्या ?
‘ब्रिलियन्ट’ मान्छे भनेको । नेपालको हरेक क्षेत्रमा ब्रिलियन्ट (तगडा, जाने बुझेको) मान्छेको खाँचो छ । मुलकमा परिवर्तन ल्याउँछु, सबैलाई रोजगारी दिन्छु भनेर राजनीति गरिएको छ । अनि केही नजान्ने कुरा हुन्छ । त्यसैले अब यति वर्ष जेल बस्यो भन्दैमा नेता मान्ने कुरा हुँदैन । यति ब्रिलियन्ट मान्छे छ, यो मान्छेको ‘आइडिया र आइडोलोजी’ ‘कन्सेप्ट’मा यति हजार मान्छेलाई रोजगारी दिन सकिन्छ, बेरोजगार र गरिबी यसरी सम्बोधन गर्न सकिन्छ, त्यो खालको भिजन भएको व्यक्ति चाहिएको हो । अहिले पनि म देख्छु मेरो पार्टीमा जिम्मेवारी दिनुपर्दा यतिवर्ष जेल बसेको यति सालमा जन्मिएको, केन्द्रीय कमिटीमा बसेको यति वर्ष भएको छ भन्ने आधारमा जिम्मेवारी दिने कुरा छ यो एकदमै गलत कुरा हो । अहिले पनि पार्टीमा सामन्ती सोच र चिन्तन हाबी नै छ । त्यसैले अब २५ वर्षकै किन नहोस् क्षमता छ भने उसलाई जिम्मेवारी दिनुपर्छ । मलाई अहिले पनि भन्छन् हेर्नुस्, म देश चलाउन सक्छु भन्ने ठाउँमा पुगिसकेको छु, अरूभन्दा राम्रो गर्छु भन्नेमा कन्फिडेन्स छ, तर मलाई के भन्छन् भने यसको दाह्रीजुँगा नै आएको छैन भर्खर पोलिटब्युरो बनेको छ, के सक्छ र भन्ने चिन्तन छ ।

भारतीय विदेशमन्त्रीको भ्रमण कर्मकाण्डी भन्ने त होला नि होइन ?
उनी एकदमै बेठीक मान्छे हुन् । उनको मनोविज्ञान नै गलत छ । हेपाहा बेठीक खालका भारतीय विदेश मन्त्री आत्तिएर आएका हुन् । अहिले चीन र नेपालको सम्बन्ध धेरै राम्रो अवस्थामा छ । कतै नेपाली समाजको मनोविज्ञान चीनतर्फ ढल्कने त होइन भन्ने आत्तिएर नेपाल आएका हुन् । अर्को कुरा पछिल्लो समय नेपाली समाज एन्टी भारत मनोविज्ञानबाट अघि बढेको छ, यसलाई पोजेटिभ गराउन सकिन्छ कि भनेर प्रोजेक्टमा खर्च गर्ने सीमा पनि बढाएको छ । पाँच करोडको ठाउँमा २० करोड बनाइएको छ । पैसा यसरी हाल्दिएर नेपाली समाजको मनोविज्ञानलाई पोजेटिभ बनाउन सकिन्छ कि अर्को कुरा चीनप्रतिको पोजेटिभ मनोविज्ञानलाई डाइभर्ट गर्न सकिन्छ कि भनेर नै हो । नत्र उनले चीनका नेताहरू नेपाल आए आएनन्, किन तिमीहरू चीनसँग नजिक भयौं भन्ने जस्ता विषयमा चासो दिँदैनथे ।

भारतीय विदेशमन्त्री बसेको होटेलमै पुगेर किन नेपालका पूर्वप्रधानमन्त्री भेटे त ?
यो त सामन्ती पारा भइहाल्यो । अहिले पनि हाम्रा नेताहरूलाई आफूप्रति विश्वास नै छैन । फेरि प्रधानमन्त्री बनाइदिन्छ कि, मन्त्री बनाइदिन्छ कि, सत्तामा फेरि फर्काइदिन्छ कि यसैगरी आफ्ना नजिककालाई छात्रबृत्ति वा जागिरका लागि ग्यारेन्टी गर्छ कि भन्ने चेतनाबाट नेपाली राजनीति र त्यसका नेताहरू माथि उठ्न नसकेर नै यस्तो भएको हो । यो अवस्थालाई हामीले नेताहरूमा गुलामी मनोवृत्ति बाँकी रहेको रूपमा पनि बुझ्न सक्छौं ।