देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीर अस्पतालमा उपसचिवद्वय शर्मा र घिमिरेको कमाउ धन्दा

देशान्तर

मुलुककै जेठो वीर अस्पतालका उपसचिवद्वयले कार्यकारी निर्देशक डा. सन्तोष पौडेलसँग मिलेर अनियमितता गरेको भन्दै छानविनका लागि माग गरेका छन् । उपसचिवद्वय थमनारायण शर्मा र बाबुराम घिमिरेले  निर्देशक पौडेलसँग मिलेर प्रशासनिक अनियमितता, प्रि–पेड भष्टचार गरेको भन्दै वीर अस्पताल केन्द्रका कर्मचारीहरुले राष्ट्रिय सतर्कता केन्द्रसहित विभिन्न निकायमा उजुरी दिएका हुन् । 

उनीहरुले लेखा उपसचिव शर्मा र खरिद प्रमुख रहेका घिमिरेका कारण अहिले अस्पताल नै धरासायी हुने अवस्थामा पुगेको निवेदनमा उल्लेख गएिको छ । उनीहरुलाई अस्पतालका निर्देशक पौडेलले संरक्षण गरेको दावी छ । पौडेललाई स्वास्थ्य मन्त्रालयले यसअघि सरुवा गर्दा उनले अदालतबाट पद थमौती गराएका थिए ।

वीरका दुवै उपसचिवहरुले कर्मचारी भर्नामा पनि पैसा असुली गरेको बुझिएको छ । उनीहरुले कार्यालय सहयोगी, कम्प्युटर अपरेटर, ल्याव असिस्टेन्ट, ड्राइभर लगायतका पदमा ज्यालादारी नियुक्त गर्दा जनही दुई दुई लाख रुपैयाँ उठाएको पनि आरोप रहेको छ ।

यसैगरी, सामान खरिदमा पनि अस्पतालाई मार पर्ने गरी आफू निकटका लागि मात्रै हुने गरी स्पेक बनाउने कार्यमा पनि संलग्न रहेको आशंकामा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।

टेन्डरमा आउने सामानको भुक्तानी दिदा व्यापारीसँग २० प्रतिशत कमिसन माग्ने गरेको, ल्याव, रेडियोलोजि, एनेस्थेसिया भत्ता कर्मचारीलाई दिँदा उल्टै उनीहरुसँग पनि कमिसन खाने गरेको कर्मचारीहरुले आरोप लगाएका छन् ।

कमिसनको लागि कोटेशनमा महङ्गोमा सामान खरिद गर्ने गरेको, ५ लाखमा मर्मत भएर सञ्चालन हुने अक्सिजन मेसिन मर्मत नगरी दैनिक १ लाख खर्च गरि अक्सिजन खरिद गर्ने गरेको र अस्पताललाई बार्षिक ३ करोड घाटा पु¥याएको आरोप छ । 

उनीहरुले  शंकर अक्सिजनसँग कमिसनमा काम गर्ने गरेको, अस्पतालमा बिरामीलाई खाने खुवाउने, फार्मेसीमा मेडिसिन ल्याउने व्यापारीलगायत कसैलाई पनि कमिसनविना काम नै नगर्ने गरेको आरोप रहेको छ । अहिले अस्पतालमा रहेका विरामीहरुलाई आवश्यक पर्ने औषधी फार्मेसीमा पाइन छाडेको छ भने वीम लगायतका कार्यक्रमहरु अस्व्यस्त हुँदा गरीव गुरुवाका लागि सहज मानिएको वीर अस्पतालमा अप्रेशन लगायतका कार्यहरु बन्द हुने अवस्थामा पुगेका छन् ।

आवश्यक समानको भुक्तानी नदिने तर अनावश्यक समानको भुक्तानी दिदै कमिसन लिने गरेको, ल्याव, एक्सरे ब्यापारी  लगायतको भुक्तानीमा कमिसन मागेको, यति क्याम्पलाई १ करोड भुक्तानी दिँदा १५ लाख कमिसन लिएको पनि आरोप लागेको छ ।  अपरेसन गर्दा प्रयोग हुने सामान पकाउने अटो क्लेफ मेसिन कमिसन नपाएको कारण फाइल अगाडि नबढाउदा अपरेसन बन्द हुने अवस्थामा पुगेको त्यहाँ कार्यरत कर्मचारीहरु नै बताउँछन् ।

त्यहाँ कार्यरत  लेखा उपसचिव थम नारायणले श्रीमति न्यायाधीश छ भन्दै व्यापारी र उनीहरुको कर्तुतको विरोध गर्नेहरु सबैलाई सीआईबि, अख्तियार लगाउने उल्टै धम्की दिने गरेका छन् ।

कर्मचारीहरुले छानविनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थमन्त्रालय, स्वास्थ्य मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सम्पत्ति सुद्धिकरण विभाग र राष्ट्रिय शतर्कता केन्द्रमा उजुरी दिएका हुन् । यसको बोधार्थ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पनि बुझाएका छन् ।