देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल स्वास्थ्यकर्मी संघको वैधानिकता माथि प्रश्न

देशान्तर

काठमाडौँ । विगतमा नेपाल ट्रेड युनियन सँग आबद्ध र हाल नेपाली काँग्रेस को शुभेच्छुक संस्थाको रूपमा रहेको नेपाल स्वास्थ्यकर्मी सङ्घ को वैधानिकता माथि प्रश्न उठाउँदै स्वास्थ्यकर्मी सङ्घका सदस्यहरूले नयाँ तदर्थ समितिको माग सहित पार्टी समक्ष निवेदन पेस गरेका छन् ।


सङ्घ बहालवाला नेतृत्वले समयमै अधिवेशन नगरेर कमाऊ धन्दामा लागेकाले सङ्घ स्वतः बिघटन भएको उनीहरूको भनाई छ । २०७६ कार्तिक २२–२४ काठमाडौँ सम्पन्न सातौँ अधिवेशनको ४ बर्षे कार्यकाल गत कार्तिक २४ मा समाप्त भएको थियो । कार्यकाल सकिनु अघि पार्टीको केन्द्रीय समितिले कुनै निर्णय नगरेको र जिम्मेवारी पाएको नेतृत्वले जिल्ला ,प्रदेश,प्रतिष्ठान अधिवेशन समेत गर्न नसकेको , केन्द्रीय परिषद् पनि सम्पन्न गर्न नसकेको भन्दै नेतृत्व प्रति असन्तुष्ट सदस्यहरूले सङ्घलाई चलायमान बनाउन नयाँ तदर्थ समितिको माग गरेका हुन् ।


संघ नेतृत्व डलर खेतीमा मात्रै लागेको आरोप लगाउँदै उनीहरूले ,नेपाली काँग्रेसको केन्द्रीय समिति को २०७९/४/२ को निर्णय अनुसार शुभेच्छुक संस्थाको पत्र पाए पछि पनि २०७९/१०/२५ सम्म सम्म कुनै तहको अधिवेशन सम्पन्न गर्न नसकेकाले सङ्घको वैधानिकता नरहेको उल्लेख गरेका छन् । उनीहरूले अब पार्टीले नयाँ तदर्थ समिति बनाएर सबै तहको अधिवेशन सम्पन्न गर्न निर्देशन दिनु पर्ने माग गर्दै पार्टीको केन्द्रीय समिति , सभापति , उपसभापति ,महामन्त्री र ट्रेड युनियन काँग्रेस समक्ष माग गरेका छन् ।