देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२५ प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन निर्देशन

देशान्तर

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले आगामी तीन महिनाभित्र थप २५ प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन निर्देशन दिएको छ ।  बोर्डले प्रदेश संयोजक, दर्ता अधिकारी तथा दर्ता सहयोगीहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो । 

सरकारको १५औँ योजना हासिल गर्न तीन महिनाभित्र हाल बिमित सदस्यहरूका अतिरिक्त थप २५ प्रतिशतलाई कार्यक्रममा आबद्ध गर्नुपर्ने बोर्डले जनाएको छ । १५औँ योजना २०७६/०७७–०८०/०८१ मा बिमा कार्यक्रम ६० प्रतिशत जनसंख्यामा पु¥याउने लक्ष्य राखिएको छ । हाल बिमित जनसंख्या २४.६८ प्रतिशत मात्रै रहेको बोर्डको तथ्यांक छ ।