देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समाजवादी मोर्चाको बैठक साँझ फेरी बस्ने : संघहरुलाई अधिकार दिन बैठकको सुझाव

देशान्तर

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकमा बिभिन्न एजेन्डामाथि छलफल भएको छ ।
बैठकमा समाजवादी मोर्चाले अहिलेसम्म गरेका काम कारबाहीको समीक्षा, मोर्चाको आगामी कार्यक्रम, नेतृत्व परिवर्तनका साथै देशको समसामयिक राजनीतिलाई एजेन्डा बनाइएको छ । बैठकमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि बढ्दो रुपमा प्रश्नहरू उठिरहेकोमा नेताहरूले चिन्ता व्यक्त गरेका थिए । बैठकले संघीयता कार्यान्वयनका लागि आवश्यक कानूनहरु छिटो निर्माण गर्नुपर्नेमा जोड दिएको छ । अध्यादेश ल्याएर भए पनि संघहरुलाई अधिकार दिन बैठकले सुझाव दिएको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले धारणा राखेका थिए । बैठक साँझ ६ बजे फेरी बस्ने तय भएको छ । यसैबीच बैटक बाट बाहिरिदै गर्दा नेकपाका महासचिव विप्लवले सरकारको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिए । आफूहरूसँग सहमति र घेराबन्दी गर्ने दोहोरो चरित्र सह्य नहुने उनको भनाइ थियो । चन्दलाई अदालतबाट पक्राउपुर्जी जारी गरिएको छ । उनले सरकारसँगको सहमति र अदालतको पक्राउपुर्जीबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराएको बताए ।