देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गीत ‘हिँड माया हिँड’ सार्वजनिक

देशान्तर


काठमाडौं । प्रसिद्ध कलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ‘हिँड माया हिँड’ सार्बजनिक गरेका छन् ।
माइती नेपालको प्रस्तुतिमा बनेको यो गीतमा हरिवंशकै शब्द र संगीत छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् ।
साहस शाक्यको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकारहरू प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओलीलगायत कलाकारको अभिनय छ ।
गम्भीर विष्टको कन्सेप्ट र निर्देशन रहेको यो गीतको भिडियोमा कसरी गाउँ–गाउँबाट युवतीहरूलाई ललाइफकाई गरेर विदेश पु¥याइन्छ भन्ने कथा देख्न सकिन्छ । पवन सुस्लिङले खिचेको यो गीतको भिडियो सम्पादन प्रवीण भट्टले गरेका हुन् ।