देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वसन्त चौधरीसँग ‘मनका कुरा’ पहिलो पाहुना मनीषा

देशान्तर


काठमाडौं । साहित्यकार तथा उद्यमी बसन्त चौधरीले अन्तर्वार्तामा आधारित श्रव्यदृश्य कार्यक्रम ‘मनका कुरा विथ बसन्त चौधरी’ सुरु गरेका छन् । सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा अबदेखि हरेक शुक्रबार प्रसारण हुने उक्त कार्यक्रमको पहिलो पाहुनाका रूपमा मनीषा कोइरालासँग अन्तर्वार्ता गरेका छन् ।


वसन्तले अहिलेसम्म आफ्ना कुराबाहेक जीवन र जगत्बाट सिकेका र अनुभूत गरेका कुराहरू आफ्ना सिर्जनाहरूमा उतारेको र अब अरूका मनका कुरा सुन्न मन लागेको र अरूलाई पनि सुनाउन मन लागेकोले कार्यक्रम सुरु गरेको बताएका छन् ।
विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई ल्याएर उनीहरूको संघर्ष तथा जीवनयात्राका आरोह–अवरोह पस्कने उनको भनाइ छ ।
पहिलो अंकमा मनीषा कोइरालासँग कुराकानी गरेका बसन्तले अबका अंकमा कलाकार सुरक्षा पन्त, गायक दीपक वज्राचार्य, उद्यमी विदूषी राणा, वरिष्ठ कलाकार नीर शाह, मान्सी अग्रवाल, गायिका आनीडोल्मा, रुवी राणालगायतसँगको अन्तर्वार्ता प्रसारण गर्ने बताएका छन् ।


विसं २०१३ मा काठमाडौँमा जन्मिएका बसन्त साहित्य कर्ममा रमाउने उद्यमी हुन् । चौधरी ग्रुपमार्फत विभिन्न उद्योग व्यवसायमा आबद्ध उनका विभिन्न पुस्तक तथा नेपाली तथा हिन्दी भाषामा कविता संग्रह गरी एक दर्जनभन्दा बढी प्रकाशित छन् । उनका मैथिली कविता संग्रह ‘बसन्त’, नेपाल भाषा कविता–मुना ‘बसन्त’, हिन्दी कविता संग्रह ‘आसुँओं कि सियाही में’, ‘वक्त रुक्ता नहीँ’ कविता संग्रहलगायत थुप्रै पुस्तक प्रकाशित छन् ।
उनको सांगीतिक एल्बम नै आधा दर्जनभन्दा बढी सार्वजनिक भएका छन् । ‘गरुँ कि मीठो भूल’, ‘शान्ति लुकाउँ कहाँ’, ‘मेरो प्यारो मान्छे’, ‘चिठी आएन’ जस्ता नेपाली गीत तथा ‘तुम मिल जाओ’, ‘चाहतोँ से ज्यादा’, ‘तुम मेरे’ लगायतका हिन्दी गीतहरू चर्चित छन् ।