देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिमितले जुनसुकै अस्पतालबाट सेवा लिनसक्ने व्यवस्था मिलाउनु : स्वास्थ्यमन्त्री बस्नेत

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमामा आबद्ध नागरिकलाई बिमा कार्यक्रम लागु भएका जनसुकै अस्पतालबाट सेवा दिने व्यवस्था मिलाउन सुझाव दिएका छन् ।
राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन कार्ययोजना हस्तान्तरण कार्यक्रममा बिहीबार स्वास्थ्यमन्त्री बस्नेतले सरोकारवालालाई यस्तो सुझाव दिएका हुन् ।
अस्पतालहरूलाई बिमाको दाबी भुक्तानी गर्दा भेदभाव भएको पाइएकाले आगामी दिनमा त्यसो भएको पाइए कारबाही गर्ने पनि मन्त्री बस्नेतले चेतवानी दिए ।
स्वास्थ्य बिमा कार्यक्रममा अहिले बिमितले बिमा गर्दा उल्लेख गरेको नजिकको स्वास्थ्य संस्था प्राथमिक हुने र सो संस्थाले थप उपचारका लागि रिफर गरेपछि मात्र अर्को स्वास्थ्य संस्थाबाट सेवा लिन पाइने व्यवस्था छ ।