देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कलाकार प्रकाश पाठकको निधन

देशान्तर

काठमाडौं । नेपाली चलचित्रका कलाकार प्रकाश पाठकको निधन भएको छ । मायालु, टुहुरो , तिलहरी, गोपीकृष्ण, बन्धन लगायतका विभिन्न नेपाली चलचित्रमा खलनायकको चरित्र निर्वाह गरेका कलाकार पाठकको ७९ वर्षको उमेरमा मंगलवार बिहान निधन भएको हो ।
पाठकको ललितपुर जावलाखेलस्थित निवासमा निधन भएको हो । उनको खानानलीमा ६ महिनाअघि चौथो चरणको क्यान्सर पुष्टि भएको जनाइएको छ । उनको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । शवमा चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको थियो । उनको शवमा छोराले दागबत्ती दिएका थिए । पाठकका श्रीमती, एक छोरा र एक छोरी छन् ।