देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गीतकार गौडेलको ‘माया जोख्ने तराजु पाछैन’

देशान्तर

काठमाडौं । गीतकार टि आर गौडेलको शब्दमा ‘माया जोख्ने तराजु पाछैन’ बोलको गीत सार्वजनिक भएको छ। जागिरे र व्यावसायिक यात्राका सीलसीलामा बिगत १ दशक भन्दा लामो समयदेखि जापानको ओशाका सहरलाई आफ्नो कर्मथलो बनाउँदै आएका गौडेलको गीत डिजिटल नेक्स्ट युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

क्यान्सरका बिरामी प्रति समर्पित गीतमा बाबुल गिरीको सङ्गीत रहेको गीतमा गिरी र समीक्षा अधिकारीको स्वर रहेको छ ।सर्जक स्वयं गौडेलले नै निर्देशन गरेको गीतको भिडियोलाई पवन शुस्लिङको छायाङ्कन र शिलन लम्सालको सम्पादन गरेका छन् । भिडियोमा प्रथम क्षेत्री र पुनम श्रेष्ठको अभिनय रहेको छ।जापानी भाषामा समेत सबटाइटल राखिएको गीतको जापानी भाषानुवाद आबे मिनाकोले गरेका छन्।