देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि तीन दिने सत्याग्रह सुरु गर्ने डा. केसीको घोषणा

देशान्तर

काठमाडौँ । डा.गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै डा.केसीले तीन दिने सत्याग्रहको घोषणा गरेका हुन् ।
सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै केसीले शुक्रवार साँझ ५ बजेबाट सत्याग्रह सुरु गर्ने जनाएका हुन् । विगत लामो समयदेखि मुद्दाहरू उठाएर सत्याग्रह बसे पनि सरकारले माग पूरा नगरेको डा.केसीको भनाइ छ ।
केसीले सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्नुपर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने र चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउनुपर्ने माग अघि सारेका छन् ।