देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ई–चुरोट प्रतिबन्ध लगाउन डब्ल्यूएचओको आग्रह

देशान्तर

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संसारका सबै देशहरुलाई आग्रह गर्दै सुर्तीजन्य उत्पादनहरू जस्तै ई–चुरोट (भेप) मा पनि प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।

विभिन्न स्वादमा दिइने ई–चुरोटले युवालाई लतको सिकार बनाउँदै लगेको डब्लुएचओले जनाएको छ । धुम्रपानको विकल्पका रूपमा सुर्तीजन्य पदार्थ कम्पनीहरूले ई–सिगरेटलाई प्रस्तुत गरिरहेका छन् ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले १३–१४ वर्षका बालबालिकाहरूले ई–सिगरेट प्रयोग गरिरहेको बताउँदै उनीहरू निकोटिनको लतमा परेकाले पनि यस विषयमा कडा कदम चाल्न जरुरी भएको उल्लेख गरे ।

डब्ल्यूएचओका महानिर्देशकले भने ‘डब्ल्यूएचओलाई राष्ट्रिय नियमहरूमा कुनै अधिकार छैन । तर, यो सिफारिसहरू सबै देशहरूले स्वेच्छिक रूपमा स्वीकार गर्ने अपेक्षा गरिएको छ, जुन अहिलेसम्म भएको छ । फिलिप मोरिस इन्टरनेशनल र ब्रिटिश अमेरिकन टोब्याको जस्ता केही प्रमुख चुरोट कम्पनीहरूले भ्यापको माध्यमबाट सिगरेट खपतको लागि भविष्यको वैकल्पिक रणनीतिहरूमा काम गरिरहेका छन् । यो खतरनाक छ ।’