देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चलचित्र चिठ्ठीको पहिलो गीत “टुटेको तारा” सार्वजनिक

देशान्तर

काठमाडौँ । चलचित्र चिठ्ठीको पहिलो गीत “टुटेको तारा” सार्वजनिक भएको छ । माधव राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा चर्चित पार्श्व गायक शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्द रचना रहेको छ । उक्त गीतलाई सञ्चारकर्मी समेत रहेका गायक तथा सङ्गीतकार सरोज कोइरालाले सङ्गीत गरेका छन् । गीतलाई ओएस्आर डिजिटल च्यानलबाट सार्वजनिक गरिएको छ ।

कमेडी जनारामा बनेको चलचित्र चिठ्ठीको केन्द्रिय भूमिकामा संजीत भण्डारी, खड्ग बहादुर पुन मगर “खबपु”, गोपाल ढकाल“छन्दे”, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुसाल, श्रीदेव भट्टराई लगायतका रहेका छन् भने नम्रता खरेल, रश्मि भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपूत, प्रह्लाद खरेल, उद्धव भट्टराई, समीर लामा, पूर्ण राई, पुरुषोत्तम सानु लगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रलाई जीवन पराजुली र राजन खरेल खिचेका हुन भने सम्पादन माधव खरेल र अच्युत बजगाईँले गरेका छन् भने, कलर संयोजक तथा भिएफ्एक्स समीर मियाँ, गीतको मिक्सिङ तथा मिक्सिङ एवम् चलचित्रको ब्याकग्राउण्ड स्कोरिङ पुष्कर खत्रीले गरेका हुन । मनोज परियारले चलचित्रको साउण्ड मिक्सिङ गरेका हुन् भने ५.१ साउण्ड मिक्सिङ अमित श्रेष्ठ, श्रृंगार नरेश खरेल, द्धन्द निर्देशन किरण दाहालले गरेका हुन् । त्यसै गरी अमृत चापागाईँको पोस्टर डिजाइन र साहिल खानको पब्लिसिटी डिजाइन रहेको छ ।

चलचित्रको सहायक निर्माताको रूपमा अनिता कुँवर, समीर खान र कृष्णादेवी आचार्य रहेका छन् । काठमाडौँ, काभ्रेपलान्चोक तथा ललितपुरका विभिन्न रमणीय स्थलहरूमा छायाङ्कन गरिएको चलचित्र चिठ्ठीको पोस्ट–प्रोडक्सनको सम्पूर्ण कार्य सकाएको निर्माण कम्पनीले प्रदर्शनी मिति भने छिट्टै तोकिने बताएको छ । एरा प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र चिठ्ठीलाई सञ्चार कर्मी कमला जोशीले निर्माण गरेकी हुन् ।