देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेशका ३ जना मन्त्रीले जिम्मेवारी पाए

देशान्तर

काठमाडौं । कोशी प्रदेशका विनाविभागीय ३ जना मन्त्रीले जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री केदार कार्कीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी कमलप्रसाद जबेगुलाई, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा शम्सेर राई र पर्यटन वन तथा वातावरण मन्त्रालय गणेश उप्रेतीलाई दिएका छन् ।
राई नेपाली कांग्रेस ,उप्रेती नेकपा माओवादी र जबेगु नेकपा एकीकृत समाजवादीका सांसद हुन् । अझै ५ मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ ।