देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चलचित्र ‘फर्की फर्की’को मुहूर्त

देशान्तर


काठमाडौं । रोहित अधिकारी निर्माता रहेको चलचित्र ‘फर्की फर्की’को मुहूर्त गरिएको छ । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहने चलचित्रको गत शुक्रबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा मुहूर्त गरिएको हो । चलचित्रको छायांकन भने मंसिर ११ गते पोखराबाट सुरु हुनेछ । अन्नपूर्ण बेसक्याम्प, काठमाडौं, मुस्ताङ र इन्डोनेसियाको बालीमा पनि छायांकन गरिनेछ ।

अधिकारी र ओम अग्रवालको संयुक्त लगानी रहेको चलचित्रको आउँदो वर्षको जेठ ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्रलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । चलचित्रमा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ ।
अनिरुद्र गिरी कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा भने मनोज वली र रामु न्यौपाने छन् । चलचित्रका प्रोडक्सन डिजाइनरमा शंकर पाण्डे रहेका छन् । चलचित्रमा दर्शकले प्रेम कहानीको एउटा नयाँ स्वाद पाउने अनमोलको प्रतिक्रिया थियो ।