देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आयोगद्वारा काठमाडौँमा आयोजित छुट्टाछुट्टै प्रदर्शनको अनुगमन

देशान्तर

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँद्वारा काठमाडौँमा आयोजित छुट्टाछुट्टै प्रदर्शनको अनुगमन गरेको छ ।


आयोगका सदस्य नेतृत्व सहितका चार वटा टोलीले उपत्यकाको दिनभर अनुगमन गरेको हो । अनुगमनको क्रममा तीनकुनेमा आयोजित युवा संघ नेपालको प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगले जनाएको छ । बल्खुमा भएको प्रदर्शनमा युवा संघ र प्रसाईं पक्षका समूह बिच झडप तथा ढुंगा र इट्टा प्रहार भएको आयोगले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र पानीका फोहरा प्रहार गरेको जनाइएको छ । सो क्रममा केही मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको तथा केही व्यक्ति घाइते भएको अनुगमनबाट पाइएको पआयोगले जनाएको छ ।


प्रदर्शनका कारण प्रदर्शन क्षेत्रका विद्यालयहरुमा पठनपाठन अवरुद्ध रहेको, उक्त क्षेत्रका पसलहरू बन्द हुँदा निर्वाध रुपमा पेशा व्यवसाय गर्ने अधिकारमा असर परेको र सर्वसाधारणले स्वतन्त्र र सुरक्षित रुपमा आवतजावत गर्न नपाएको हुँदा यसबाट नागरिकको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार र बालबालिकाको शिक्षाको अधिकारमा असर परेको अनुगमनबाट देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । आयोगको चारवटा टोलीले उपत्यकाको दिनभर अनुगमन गरेको थियो ।