देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिनेता सूर्याको ‘कंगुवा’ ३८ भाषामा रिलिज हुने

देशान्तर

दक्षिण भारतीय सिंघम अर्थात अभिनेता सूर्या छिट्टै फिल्म ‘कंगुवा’ मा देखिदैछन् ।

यो फिल्मको लामो समयदेखि चर्चा भइरहेको छ ।

निर्माताहरूले अभिनेता सूर्याको लुकलाई उनको जन्मदिनमा सार्वजनिक गरेका थिए । त्यसबेलादेखि प्रशंसकहरू उत्सुकतापूर्वक यसको प्रतिक्षा गरिरहेका छन् ।

अब निर्माण पक्षले फिल्मको रिलिजलाई लिएर नयाँ अपडेट दिएको छ ।
सिरुथाई सिवा निर्देशित फिल्म कंगुवा अहिले छायांकनको अन्तिम चरणमा छ ।

चलचित्र ‘कंगुवा’का निर्माताहरु चलचित्रलाई लिएर निकै उत्साहित छन् ।

यस्तो अवस्थामा उनले फिल्म रिलिजका लागि ३८ भाषा छनोट गरेका छन् यसका साथै फिल्मलाई सबै भाषामा थ्रीडी र आइम्याक्स ढाँचामा रिलिज गरिने पनि बताइएको छ ।