देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अम्बिकाको ‘भाव’ र ‘अनुपमयात्रा’ सार्वजनिक

देशान्तर

काठमाडौं । गीतकार अम्बिका गुरुङको एकल शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह‘भाव’ र ‘अनुपमयात्रा’बिमोचन गरिएको छ ।

राजधानीमा आयोजित एक समारोहका बिच दुई एल्वम एकसाथ बिमोचन गरिएको हो । प्रमुखअतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, प्रतिष्ठित संगीतकार शम्भुजित बासकोटा, बिशिष्ठ अतिथीहरु संगीत उद्योग संघ, नेपालका अध्यक्ष सूर्य बहादुर मगर, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, संगीतकार संघ नेपालका उपाध्यक्ष अष्ट लामा, , राष्ट्रियलोक सांस्कृतिक संघ नेपालका महासचिव योगेन्द्र उपाध्याय, पीम नेपालका अध्यक्ष माधव राज खरेल लगायतले संयुक्त रुपमा बिमोचन गरेका हुन् ।

बिमोचन समारोहमा बोल्दै प्रमुख अतिथी बासकोटाले संगीतकार थापा नेपाली गीतसंगीतको स्टार संगीतकार भएको बताए । उनले उत्कृष्ट संगीत सृजना मार्फत स्रोताहरुको मन जितेर नेपाली संगीतमा एक छत्र राज गरिरेको भन्दै उनको प्रसंसा गरे । यस्तै गीतकार गुरुङलाई त्यागी गीतकारको उपमा दिदै बासकोटाले उनका सृजनाले नेपाली संगीतलाई निरन्तर रुपमा सिंचित गरिरहेको बताए । यस्तै संगीत उद्योग संघ, नेपालका अध्यक्ष सूर्य बहादुर मगरले संगीतकार थापामा हरेक गीतलाई उत्कृष्ट बनाउन सक्ने क्षमता रहेको बताए । पहिले देखिनै आफुले सुन्दै आएका उनका सृजनामा उत्कृष्टता भेटिने बताउँदै उनले यस पटक पनि थापाले आफुलाई अब्बल सावित गरेको बताए । यस्तै गीतकार गुरुङ शब्दको खानी रहेको भन्दै उनले हरेक भावका गीतमा उत्कृष्ट शब्द रचना गर्न सफल भएको बताए ।

यस्तै संगीतकार संघ नेपालका उपाध्यक्ष अष्ट लामाले आफु ब्यक्तिगत रुपमा पनि संगीतकार थापाको ठुलो प्रसंसक रहेको जनाए । बिभिन्न बिधाका गीतमा उनले उत्तिकै शशक्त रुपमा संगीत सृजनागर्ने गरेको उनको भनाई थियो । उनले गीतकार गुरुङले बिदेशी भूमिमा रहेर पनि नेपाली संगीतप्रति देखाएको माया र सदभाबले सम्पूर्ण संगीतकर्मी गौरवान्वित भएको बताए । यस्तै गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले विषम परिस्थितिमा पनि निरन्तर रुपमा संगीतमा लगानी गरेर गीतकार गुरुङले नेपाली संगीतमा महत्वपूर्ण योगदान दिएको जनाए । उनले पछिल्लो समय फिजिकल मार्केट कम हुँदै गर्दा पनि एल्वम प्रकाशन गरेर नेपाली संगीतलाई गीतकार गुरुङ र संगीतकार थापाले गुन लगाएको बताए ।

कार्यक्रममा संगीतकार थापाले सार्वजनिक दुई एल्वमहरुको बारेमा प्रष्ट पारेका थिए । गीतकार गुरुङले आफुले सयभन्दा बढी गीतमा संगीतकार थापा सँग सहकार्य गरिसकेको जनाइन ।
सार्वजनिक एल्बमहरु मध्ये ‘भाव’मायो मनले भन्छ, आँखा खोल्दा, सँग सँगै, आँखा नलागोस, मात्तिएको बेला, अजम्बरी पिरती, रुपको बयान, छड्के नजर, मायाको छु भोको र धेरै भाउ नखोज गरि १० वटा गीतहरु समावेश छन् । यस्तै ‘अनुपमयात्रा’मा देखिन तिमी जस्तो कोही, सदियौं देखि, तिमी सँगै, भुल्न सकिन, कारण तिमी, तिमी टाढा, गुराँसैको फूल फुल्दा, बुझाउँ कसरी र कारण तिमी (फिमेल भर्सन) गरि ९ वटागीतहरु समावेश छन् । सार्वजनिक दुबै एल्वमहरुलाई भावसागर इन्टरटेनमेण्ट एलएलसीले उत्पादन तथा जार व्यवस्थापन गरेको हो ।

दुई एल्वमका गरि पाँचवटा म्युजिक भिडियोहरु सार्वजनिक गरिएको समारोहमा बरिष्ठ चलचित्र सम्पादक नरेन्द्र खड्का, पहिलो महिला निर्देशक सुचित्राश्रेष्ठ, लगायत एल्वमका गीतमा स्वर दिएका गायक गायिका तथा मोडलहरुको उपस्थिति रहेको थियो ।