देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा आचार्य नियुक्त

देशान्तर

काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीले राजनीतिक विश्लेषक आचार्यलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।
आचार्यलाई प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ को दफा ३ को उपदफा (२) खण्ड (ख) बमोजिम योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो ।
आचार्यले पद बहाली गरेका छन् । आचार्यले नेपाली काँग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सचिवालयमा बसेर पनि काम गरेका थिए ।