देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेसको पहिलो QFX सिनेमा विरगंजमा संचालनमा

देशान्तर

 वीरगञ्ज । वीरगञ्जमा मधेस प्रदेश कै पहिलो सुविधा सम्पन्न मल सञ्चालनमा आएको छ । यहाँस्थित आदर्शनगरमा “स्काइलाइन” नामले बहुउद्देश्यीय मल सञ्चालनमा आएको हो ।

वीरगञ्जको नाम चलेका व्यावसायिक घरानाहरूको झन्डै दुई अर्बको लगानीमा निर्मित मलमा मधेस प्रदेश कै पहिलो र एक मात्र मल्टीप्लेक्स सिनेमा हल पनि सञ्चालनमा ल्याइएको छ । मलले नेपालकै सर्वोत्कृष्ट क्युएफएक्ससँगको सहकार्यमा मल्टीप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ, पोखरा लगायत देशका अधिकांश ठूलो सहरमा पहिल्यै स्थापित क्युएफएक्सले वीरगञ्जको स्काइलाइन मल मार्फत मधेस प्रदेशमा प्रवेश लिएको हो ।

त्यस्तै मलमा भारतमा चार सयभन्दा पनि बढी ठाउँमा स्थापित प्रख्यात होटेल चेन सरोभर पोर्टीको पनि सञ्चालनमा आउन् लागेको छ । आफ्नो आतिथ्य र स्वादिष्ट खाने परिकाका लागि चर्चित सरोभ्र पोर्टी होटेलले वीरगञ्ज र आसपासका वासिन्दालाई अन्तर्राष्ट्रिय स्तरको सेवाको मौका दिने मल सञ्चालकहरूको विश्वास छ ।

दश तल्ले मलमा रिटेल स्टोरसहित पार्टी, फन्सन आयोजना गर्नका लागि ब्यान्क्वेट हल, भारतीय तथा वैदेशिक पर्यटकलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय स्तरको क्यासिनो, स्विमिङ पुल, रूफटप रेस्टुराँलगायतको सुविधा रहेको छ । हालका लागि आंशिक रूपमा सञ्चालित मल केही समय भित्रै पूर्ण रूपमा खुल्ने बताइएको छ ।

बिहीबारदेखि मलमा रहेको क्यूएफएक्स सिनेमा हल भने सञ्चालनमा आउन् लागेको छ । शाहरुख खान, दीपिका पादुकोण, नयनतारा र विजय सेतुपतिलगायत बहुचर्चित कलाकारहरूले अभियान गरेको जवान फिल्म देखाएर सुरुवात हुन लागेको हलमा तिन वटा छुट्टाछुट्टै अडीटोरियम स्क्रिनहरू छन् । जहाँ एकै पटक तिन वटासम्म चलचित्र देखाउन सकिने सञ्चालकहरूले जनाएका छन् । कूल ३ सय ८२ सिट सङ्ख्या रहेको हलका दुई वटा अडीटोरियममा रिक्लाइनर सिट पनि छ ।

सिनेमाको उत्कृष्ट अनुभव दिनका निमित्त अडीटोरियमहरूमा डल्बी साउण्ड सिस्टम जडान गरिएको छ भने एट्मस डल्बी सुविधा समेत रहेको छ । दर्शकहरूले क्यूएफएक्स वीरगञ्जमा टिकट बुक गर्न क्यूएफएक्सको आधिकारिक एप, वेबसाइटको प्रयोग गर्न सक्ने छन् भने खल्ती वालेटबाट पनि टिकेट बुकिङको सुविधा रहेको छ । त्यस्तै मलकै पहिलो तल्लामा रहेको बक्स अफिस काउन्टरबाट पनि टिकट बुकिङ गर्न सकिन्छ सुविधा रहेको छ ।

मल सञ्चालनमा आएसँगै कोभिडका कारण सुस्ताएको वीरगञ्ज बजारमा आर्थिक गतिविधि चलायमान हुने सञ्चालकहरूले विश्वास लिएका छन् । आर्थिक नगरी वीरगञ्जमा अन्य सम्पूर्ण सुविधा रहे पनि मल नहुँदा यहाँका बासिन्दाले खल्लो महसुस गर्ने गरेकोले उनीहरूकै माग अनुसार मल सञ्चालनमा ल्याइएको सञ्चाललक बताउँछन् ।

मलमा वीरगञ्जवासीलाई एकै स्थलमा किनमेलदेखि मनोरञ्जन, खेलकुदसम्मको सेवा लिन सक्ने छन् ।