देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोडल दिपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरिन

देशान्तर

काठमाडौं । मोडल दिपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छन् । उनि निकटका अनुसार दिपाशाले विष सेवन गरेकी थिइन् । दीपाशालाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पुर्याएका थिए ।
उनलाई बुधवार राति उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । बिहिवार दिउँसो उनलाई दिउँसो डाक्टरले मृत घोषित गरेका हुन् ।
सुर्खेत घर भएकी दिपाशाका केहिदिनदेखि लगातार निराशायुक्त फेसबुक स्टाटस आईरहेका थिए । उनले ब्यबसाय संचालनका लागि लिएको रिणको बोझका कारण पनि उनि आर्थिक समस्याबाट गुज्रिरहेको निकटहरुले बताएका छन् । उनको शब पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ । उनकी आमा र एकजना बैनि दुबई छन् ।
दिपाशा म्यूजिक भिडिओ र चलचित्रमा सक्रिय थिइन् । उनी हालै मात्र क्यानाडा गएर आएकी थिइन् ।

उनले ‘चाल’, ‘बिरानो माया’, ‘दुलही रानी’लगायत चलचित्रमा अभिनय गरेकी थिइन् ।