देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेशसभामा संसदीय समिति चयन

देशान्तर

काठमाडौं । कोशी प्रदेशसभाले संसदीय समिति चयन गरेको छ । यद्यपि नेतृत्व चयनको विषय भने अझै टुंगो लाग्न सकेको छैन । प्रदेशसभाको आज बसेको बैठकमा सभामुखको हैसियतमा उपसभामुख सिर्जना दनुवारले ७ वटै संसदीय समितिको गठन गरेको जानकरी दिएकी हुन् ।


कोशीमा १२ सदस्य रहेको न्याय प्रशासन तथा विधायन समिति १५ सदस्य रहेको सुशासन तथा योजना समिति १३ सदस्य रहेको अर्थ समिति ११ सदस्य रहेको सार्वजनिक लेखा समिति १२ सदस्य रहेको सामाजिक विकास समिति १३ सदस्य रहेको उद्योग पर्यटन तथा वातावरण समिति र १२ सदस्य रहेको प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति गठन भएको हो ।