देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने : विश्वासको मत कायमै राख्ने

देशान्तर

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तर, विश्वासको मत कायमै राख्ने निर्णय गरेको छ ।
एमाले कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
दलको बैठकमा बोल्ने केहि सांसदहरुले भने एमाले सांसदको सहयोगमा बनेको सरकारमा जानुपर्ने भनाई राखेका थिए । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए ।
सोमबार कार्यसूचीमा रहेको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने र संसदको प्रमुख प्रतिपक्षमा बस्ने निर्णय एमाले गरेको छ ।