देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युगान्डामा भव्यताका साथ दशैं कार्यक्रम सम्पन्न

देशान्तर

कम्पाला, युगान्डा । गैरआवासीय नेपाली संघ युगान्डाले दशैंको सामूहिक टिका सहित राजधानी कम्पालामा सांस्कृतिक कार्यक्रम सहित दशै कार्यक्रम सम्पन्न गरेको छ । एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा  युगान्डाका लागि नेपालका मानार्थ वाणिज्यदूत डा. सुधिर रुपारेलियाले उपस्थित सबै नेपालीलाई दशैं टीका लगाइदिएका थिए।

 न्यून संख्यामा नेपालीहरु रहेपनि युगाण्डामा नेपाली पर्व र संस्कृतिका कार्यक्रमहरु निरन्तर आयोजना गरेकोमा प्रशंसा गर्दै डा. सुधिर रुपारेलियाले सबैमा दशैंको शुभकामना ब्यक्त गरे । नेपालीहरुकै लगानीमा संचालनमा आएको साइन कुजिन रेस्टुरेन्ट एन्ड बार, नागुरु कम्पाला युगान्डामा आयोजना भएको कार्यक्रमको संचालन संस्थाका महासचिव राजु थापाले गरेका थिए भने उपाध्यक्ष तारा गिरी तथा पूर्व वरिष्ठ उपाध्यक्ष धनराज गिरिले शुभकामना दिएका थिए ।

कार्यक्रममा फुल बुट्टे सारी गीतलाई कभर गरि अत्यन्तै चर्चामा आएकी  युगान्डाकी गायिका दि क्याप्टेन बियोन्सी फामेसीले पनि आफ्नो टिमको साथ गीतहरु प्रस्तुत गरेकी थिइन् ।

त्यसैगरी बाल कलाकारहरु समृद्धि साउद, अन्जिला श्रेष्ठ, प्रगति गिरी, इशानी गैरे लगायतले गीत र नृत्य प्रस्तुत गरेका थिए । कलाकार तेजेन्द्र बिवश लगायतको प्रस्तुति रहेको उक्त कार्यक्रमले नेपाल कला र संस्कृतिमा समृद्ध देश बहेको परिचय दिएको थियो । कार्यक्रमको अन्त्यमा एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्यालले मानार्थ वाणिज्यदूत डा. सुधिर रुपारेलिया, पूर्व अध्यक्षहरु रमेश कंडेल र बिनोद थापा लगायत कार्यक्रम आयोजना गर्न सहयोग गर्ने र उपस्थित सबैलाई बडा दशैंको शुभकामनाका साथ धन्यवाद ज्ञापन गरेकी थिइन ।