देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गायक प्रकाश दुलालले दशै तिहार मा बिदा पाएनन्

देशान्तर


काठमाडौँ । सरकारी जागिरे समेत रहेका गायक प्रकाश दुलालले दशै तिहारको अवसरमा यो दशै तिहार मा बिदा पाएन बोलको गीत निकालेका छन् । प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द रचनामा दुलाल सँगै गायक तथा सङ्गीतकार विपिन घिमिरे, शिला विष्ट अलि सावित्री अधिकारीको स्वर रहेको गीतको भिडियो दुलालकै च्यानल बाट सार्वजनिक गरिएको हो ।
सञ्जय श्रीपालको एरेन्ज रहेको गीत मुर्चुङ्गा डिजिटलमा रेकर्ड गरिएको हो ।

गीतले कर्मथलोमा कर्म गर्दा बिदा नपाएको तर गाउँघर को मौलिक दशै , आफन्त र साथीभाइलाई असाध्यै मिस गरेको भाव बोकेको छ । एक साल यस्तै भए पनि अर्को साल रमाइलो हुने आशा रहेको गतका शब्दले बोलेका छन् । गीत असाध्यै मौलिक बनेको गायक प्रकाश दुलालले बताएका छन् । सङ्गीत र गायकी पनि सोचेजस्तै भएको सङ्गीतकार विपिन घिमिरेले बताएका छन् ।