देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कार्कीले विश्वासको मत लिँदै : नेकपा (एमाले) र कांग्रेसका सांसद सत्तापक्षको लहरमा

देशान्तर

काठमाडौं । कोसी प्रदेशसभामा मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदैछन् । सभाको बैठक केहीबेरमा सुरु हुँदैछ । बैठकमा नेकपा (एमाले) र कांग्रेसका सांसद सत्तापक्षको लहरमा बसेका छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र जसपाका सांसद विपक्षीको लहरमा छन् । कोसीका मुख्यमन्त्रीलाई जसपा र राप्रपाबाहेक सबै दलले विश्वासको मत दिने तय भएको छ ।
यस अघि नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
यस्तै उद्धव थापाले दिएको राजीनामा स्वीकृत नगरी अर्को व्यवस्था नभइन्जेलका लागि उनलाई नै दलको नेताको जिम्मेवारी दिइएको छ । थापा केही दिन अघि दलको नेताबाट राजीनामा दिएका थिए ।