देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाल्टिमोरमा नेपाली सडक महोत्सव हुँदै


अमेरिकाको बाल्टिमोरमा एसोसियसन अफ नेप्लिज इन अमेरिका बाना को आयोजनामा हुन लागेको नेपाली सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

छैटौं संस्करणका रुपमा रहेको यो कार्यक्रमलाई यसअघिका बर्ष भन्दा यो पटक अझ उत्कृष्ट बनाउने योजनाका साथ बानाले तयारी जोडतोडका साथ गरेको छ ।

बानाका अध्यक्ष सुबोध पन्तका अनुसार यो संस्करणमा पहिलो पटक बाल्टिमोरमा रहेका सबै समाज र संस्थाले एकसाथ कार्यक्रम गर्ने भनेर एकबद्धता जनाएको बताए । साथै यो पटक एनआरएनए अमेरिकाले पनि यो कार्यक्रमका लागि सहयोग गरेको बताए । पन्तले नेपाली संस्कृती झल्किने नाचगानका साथै झाक्री कार्यक्रम हुने र विभिन्न भेष भुषामा विभिन्न समाजका कलाकारले प्रस्तुती दिने बताए ।

यस्तै कार्यक्रममा खेलकुदका साथै बाल्टिमोरमा रहेका विभिन्न संस्थाबाट आफ्नो मौलिक प्रस्तुती समावेश गर्ने बताए । कार्यक्रमलाई नेपाली दुतावासले पनि सहयोग गरेको छ । पन्तका अनुसार कार्यक्रममा १६ वटा स्टलहरु राखिने र त्यसमा नेपाली विभिन्न खानेकुराहरु राखिनेछ ।

यसका साथै ह्याण्डिक्र्राफ्टका सामानहरु पनि प्रदर्शनीमा राखिनेछ । यसका साथै नेपाली मौलिक कपडाहरुपनि प्रदर्शनीमा राखिनेछ ।

यस्तै बाल्टिमोरमा नेपालीले उत्पादन गरेका तरकारीहरुको पनि स्टल राखिनेछ । यो कार्यक्रमलाई बाल्टिमोर काउन्टीको पनि सहयोग रहेको छ । कार्यक्रममा बाल्टिमोर काउन्टिका सहायक जोनीले पनि आफ्नो धारणा राख्नेछन । आइतबार बिहान ११ बजेबाट सुरु हुने कार्यक्रम साँझ ६ बजे सकिनेछ । हरेक बर्ष हुँदै आएको कार्यक्रमलाई सफल पार्नका लागि बानाले अध्यक्ष पन्तको संयोजकत्वमा एक सय एक जनाको आयोजक समिती बनाएको छ ।

यसका साथै कार्यक्रममा सहभागि हुने प्रतिबद्धता जनाएका सबै संस्थाले पनि स्वयंमसेवकका रुपमा सहयोग गर्ने बताएको पन्तले जानकारी दिए । इनास मेरिल्याण्ड र इनास अमेरिकाको समेत प्रस्तुती रहने कार्यक्रमका लागि खर्चको ब्यवस्थापनपनि बाना गरिसकेको बताएको छ । मेरिल्याण्डमा रहेका नेपालीहरुको सहयोगका लागि स्थापना भएको बानाले सडक महोत्सव कार्यक्रम सन् २०१५ देखि सुरु गरेको थियो ।

तर बिचमा एक बर्ष कोभिडका कारण हुन सकेको थिएन । त्यसबाहेक अरु बर्ष निरन्तर रुपमा भइरहेको छ । अघिल्लो बर्ष यो कार्यक्रम सफल रुपमा भएपनि बर्षाका कारण सोचे अनुसार हुन नसकेको अध्यक्ष पन्तले बताए ।

फाइल तस्वीर