देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेशमा ब्याक नहुने कोइरालाको सन्देश

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोशी प्रदेशको मुख्यमन्त्रीको दाबीबाट केदार कार्कीलाई ‘ब्याक’ गराउन नसक्ने सन्देश पार्टी सभापति शेरबहादुर देउवालाई पठाएका छन् । आज शुक्रबार विहान नेता ज्ञानेन्द्रबहादुर कार्की र नेता कोइरालाबीच कोशी प्रदेशबारे टेलिफोन संवाद भएको थियो ।
टेलिफोन संवादमा कार्कीले शेखरलाई केदारले पेस गरेको मुख्यमन्त्री दाबी फिर्ता गराउन आग्रह गरेका थिए । जवाफमा शेखरले त्यो सम्भावनानै नरहेको जवाफ दिएका हुन् ।
उद्धवको विकल्पमा केदार, हिमाल कार्की, अमृत अर्याल र भीम पराजुलीले मुख्यमन्त्रीमा दाबी गरेपछि देउवाले पार्टीभित्रको विवाद पन्छाउन माओवादीलाई मुख्यमन्त्री दिने निधो गरेका थिए । त्यसको विरुद्धमा केदार कार्कीले एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
पार्टी बचाउन केदार कार्कीलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न लगाएको भन्दै ब्याक नहुने शेखरको अडान छ । प्रधानमन्त्री प्रचण्डले पनि शेखरलाई फोन गरेर केदारको दाबी फिर्ता गराउन आग्रह गरेका थिए ।