देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिंसाको खारेजीका लागि योगदान गर्न आग्रह गर्दै प्रदर्शन

देशान्तर

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले सोमबार अहिंसाको प्रवर्द्धन र हिंसाको खारेजीका लागि योगदान गर्न सबैलाई आग्रह गर्दै विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । शान्ति समाजले जनयुद्ध दिवसका नाममा फागुन १ गते बिदा दिने सरकारी निर्णय शीघ्र खारेज गर्न मागपनि गरेको छ ।

अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा सोमबार बिहान शान्ति समाजका रुपन्देही, महोत्तरी, चितवन, नवलपुर, शाखाले प्रदर्शन गरेका छन् भने अछाम शाखाले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
२००७ को जुन महिनामा संयुक्त राष्ट्र महासभाले अक्टोबर २ लाई अहिंसा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्ताव अनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्देश फिँजाउँदै उपयुक्त तवरले अहिंसा दिवस मनाउन आह्वान गरिएको छ ।