देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रेमराजा, दीपक र डब्बुको भन्देऊ न धरतीमाई

देशान्तर


काठमाडौं । सिमसिमे पानीमा, पानको पातजस्ता थुप्रै कालजायी गीतहरू बजारमा ल्याएका अग्रज गायक प्रेमराजा महतले यतिबेला अर्को नयाँ लोकगीत ‘भन्देऊ न धरतीमाई…’ बजारमा ल्याएका छन् । उनले यो गीतको भिडियोलाई आफ्नै अफिसियली युट्युब च्यानल ‘प्रेमराजा महत’बाट सार्वजनिक गरेका छन् ।
यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । गीतमा दीपक शर्माको संगीत छ । सविन सुवेदीले यो गीतलाई संगीत संयोजन गरेका हुन् । गीतमा नरेन्द्र योगीको मिक्सिङ मास्टरिङ रहेको छ । यो गीतलाई समिर कार्कीले रेकर्डिङ गरेका हुन् ।
भन्देऊ न धरतीमाई गीतको भिडियो निर्माता कवितादेवी महत हुन् । लोकलयमा आधारित यो गीतले जो कोहीलाई पनि आफ्नो मीठो बाल्यकालको सम्झनामा पु¥याउने संगीतकार दीपक शर्माले बताएका छन् ।
गायक प्रेमराजा महतले पनि यो गीतको शब्द र संगीतले नै आफूलाई छोएकोले गीत गाउँदा आफू गाउँमै पुगेको महसुुस भएको बताए ।
यस्तै गीतकार डब्बु क्षत्रीले आफू गाउँबाट टाढा सहर तथा प्रदेशमा रहँदा बाल्यकालमा गाउँघर र आफन्तको सम्झनाले कसरी सताउँछ भन्ने कुरा यो गीतमा उल्लेख गरिएको बताए ।
गीतको भिडियो स्टुडियोमा लाइभ छायांकन गरेर तयार पारिएको छ । गीतको भिडियोमा गायक प्रेमराजा महत नै मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
यो भिडियोमा मिराज अर्याल र दिनेश बिष्टको सिनेमाटोग्राफी रहेको छ । जसमा मिराज अर्यालको सम्पादन तथा भीएफएक्स रहेको छ ।