देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तारा अधिकारीको संयोग सार्वजनिक

देशान्तर


काठमाडौं । गीतकार तथा निर्देशक तारा अधिकारीको ‘संयोग भन्दै पिरतीलाई’ को भिडियो सार्वजनिक भएको छ ।
सत्यराज आचार्यको स्वर, किरण कँडेलको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन पनि गीतकार अधिकारीले नै गरेकी छन् । भिडियोको छायांकन शिव ढकाल, सम्पादन नहकुल खड्काले गरेका छन् ।
सुनौला तारा मोसन पिक्चर्स युट्युब च्यानलमा अपलोड गरिएको भिडियोमा सत्यराज आचार्यलाई फिचरिङ गरिएको छ । उनलाई लाइभ म्युजिकका साथमा गीत प्रस्तुत गरिराखेको देख्न सकिन्छ ।
केही समयअघि नै तयार पारेको यो गीत ‘समय नमिलेका कारण दर्शकश्रोता माझ ढिलो आएको ताराले बताइन् । गीतकार अधिकारीले निर्देशन गरेको यो चौथो भिडियो हो । उनी गीत लेखनका साथमा निर्देशनमा पनि निरन्तर अगाडि बढिरहेकी छिन् ।