देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जीवनको रेल मेल भर्सनमा सिडीको आवाज

देशान्तर


काठमाडौं । दुई हप्ताअगाडि गायिका समीक्षा अधिकारीको स्वरमा सार्वजनिक भएको जीवनको रेल बोलको गीतको मेल भर्सन पनि सार्वजनिक भएको छ ।
गीतकार दीपेन्द्र अधिकारीको शब्द रहेको गीतको भिडियो शुक्रबार डीए क्रिएसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गायक तथा संगीतकार सिडी विजय अधिकारीले स्वर दिएको गीतमा राजु कार्कीले संगीत संयोजन गरेका छन् । गीतको मिक्सिङ तथा मास्टरिङ राजकुमार बगरले गरेका छन् ।
म्युजिक भिडियोमा छायांकन, सम्पादन र निर्देशनको भूमिका वीरेन्द्र भाट विपिनले निभाएका छन् । भिडियोमा गीतको मर्मअनुसार गायकालाई मात्र प्रस्तुत गरिएको छ ।
जब जीवनमा हरेक सुख र खुसीहरू लुटिन्छन् त्यतिबेला मान्छे शून्यजस्तै हुन्छ । न उसलाई कसैको भर नै हुन्छ न त डर नै । गीतमा जानेर या कसैको लहैलहैमा गरेका गल्ती र त्यसले पार्ने दीर्घकालीन असरलाई भिडियोमा सरल तरिकाले पस्किएको छ ।
विशेषगरी मुक्तक लेखनमा हात हालेका दीपेन्द्रका मनमोहक पोखरा, चुलबुल चुलबुल प्यारी भाञ्जी, नेपालकी छोरीलगायत गीतहरू यसअघि सार्बजनिक भइसकेका छन् ।